CFN-Nepal

CFN-Nepal

Share

11/11/2023

काग तिहार किम्नदन्ती

नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहार हो ।कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि लगातार पाँच दिनसम्म यो पर्व मनाइन्छ । यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भन्दछन्। यमपञ्चक लागेपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका देवता यमराज यमलोकबाट बहिनी यमुनाको घर मर्त्यलोकमा आएर यमपञ्चकभरि विराजमान भई भाइटीका लगाएपछि यमलोक फर्कने पौराणिक आख्यान रहेको छ। यमपञ्चकको प्रारम्भमा आफू पृथ्वीलोकमा आउन लागेको संकेत दिन यमराजले आफ्ना दूत कागलाई पठाउने गर्दछन्। यमराजका दाजु शनिदेवको वाहन
समेत रहेका कागलाई यमराजको विशेष दूत मानिन्छ। यसर्थ यमदूतका रूपमा बिहानै कागको पूजा गर्ने गरिन्छ, काग तिहार । वर्षभरि मानिसको वरिपरि घुमिरहने कागलाई काग तिहारका दिन टाढैबाट वा प्रतीकात्मक पूजा गरी कागलाई मन पर्ने माछा, मासुसँग भात वा अन्य मीठा खानेकुरा (काकबलि ) दिएर हे
महामति यमदूत काग, हामीले दिएको खानेकुरा ग्रहण गरी प्रसन्न होऊ र यमदण्डरूपी संकटबाट मुक्ति दिलाऊ भनी प्रार्थना गर्नुपर्दछ ।

काकोऽसि यमदूतोऽसि वायसोऽसि
महामते ।
इमं बलिं गृहाण त्वं त्रायस्व यमसङ्कटात् ।।

यसरी विशेष पूजा तथा काकबलिद्वारा कागलाई प्रसन्न पारिने दिन भएकाले तिहारको प्रारम्भिक दिनलाई काग तिहार भन्ने गरिन्छ।
कागतिहारमा कागको पूजा गरी खानेकुरा दिनाले मृत्युपछि यमलोक जानुपर्दैन भन्ने धार्मिक विश्वास रहेको छ ।

21/08/2023

Happy Naga panchami to everyone❤️

06/08/2023

Happy birthday to you Karishma,
Treasurer of CFN-Nepal.
Wishing you a very special birthday and a wonderful year ahead! Many many happy returns of the day❤️

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu