Ramjee Subedee

Ramjee Subedee

Share

13/11/2025

• स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, ‘एउटा निवेदन लेख्नुहोस् । एकैछिनमा काम भैहाल्छ ।' उसले भन्यो, 'मलाई त आउँदैन ।' मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ ।जाँदाजाँदै उसले भन्यो, 'यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु ।'
• हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो । प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो ।जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो ? यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो ?
• जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ । आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन ।बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, 'तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ ?'
• बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ । घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ । बालाई भनेँ, 'बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ ।' बा ले भने, 'सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन ।'
• क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, 'देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु ।' भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, 'पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ । ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे । दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त ? उसले भन्यो, 'ह्या त्यस्तो काम पनि कोही गर्छ ?'
म सोचिरहेछु खोइ देश किन बनेन ?
#साभार #शुभबिहानी

12/11/2025

🥼 नेपालमा MBBS सिट:-
🔶 जम्मा = २६३५
🔶 छात्रवृत्ति = ६९१ (३८० खुला + ३११ आरक्षण)
आरक्षण छात्रवृत्ति अन्तर्गत :-
🔴 महिला = ८५
🔴 दलित महिला = १०
🔴 मुस्लिम महिला = ८
🔴 दलित = २७
🔴 आदिवासी जनजाति = ४६
🔴 खस आर्य = ५१
🔴 मधेसी = २८
🔴 मधेसी दलित = १०
🔴 थारू = १२
🔴 मुस्लिम = ७
🔴 पिछडिएको क्षेत्र = १२
🔴 अपाङ्ग = ८
🔴 सहिद बेपत्ता परिवारबाट = ७

11/11/2025

एक दिन एक पुस्तक पसलमा ग्राहक आए । केहीक्षण पुस्तक हेरिसकेपछी उनले पसलको एक कर्मचारीसित सोधे "यो पुस्तकको दाम कति हो भाई ? "
जवाफ मिल्यो " एक डलर "
" केही डिस्काउण्ट हुँदैन ? "
"हुदैन हजुर, यो Fix दाम हो ।" पसलको कर्मचारीले स्पष्टसँग भनिदिए ।
ग्राहकले केहीक्षणसम्म अर्को पुस्तक हेर्न थाले, फेरि उनले कर्मचारी सित सोधे " के तपाईं पसलको मालिकलाइ बोलाउनुहुन्छ ? म उहालाई भेट्न चाहन्छु। "
पसल मालिक आएपछी ग्राहकले उनिसित सोधे " यो पुस्तक तपाईं कतिसम्म घटाएर दिन सक्नुहुन्छ ? "
जवाफ मिल्यो " दुई डलर "
ग्राहक आश्चर्यचकित भए , अरे यार अघि भर्खरै तपाइको कर्मचारीले त यसको मूल्य एक डलर बताइरहेको थियो त । अहिले फेरि कसरी दुई डलर भयो ?
" हो, भनेको थियो होला , अरु पैसा मेरो समयको मूल्य हो । "
" ह्या साहुजी मजाक नगर्नुहोस् न, डिस्काउउण्ट सहित कती सम्ममा दिन सक्नुहुन्छ पुस्तक भन्नुस् न ।"
" अब चाँही पूस्तकको मूल्य साढे दुई डलर, तपाईं जति ढिलो गर्दै जानुहुन्छ त्यति नै यसको मूल्य बढ्दै जान्छ किनकी समयको मूल्य पनि यसैसित जोडीदै जान्छ "
ग्राहकसँग अरु कुनै उपाय थिएन , उनले एक डलरको ठाउँमा साढे दुई डलर तिरेर पुस्तक लगे । साथै उनलाई त्यो दिन समयको मूल्य पनि ज्ञात भयो ।
समयको मूल्य बताउने त्यो पसलको मालिक अरू कोही नभएर बेन्जामीन फ्रेन्कलिन थिए । जो पछि अमेरीकाका प्रख्यात अविष्कारक, राजनितीज्ञ र दार्शनिक बने ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pokhara
Kathmandu