Dharmik vlog
पूर्वीय दर्शन -
स्नान गर - तन पवित्र
ध्यान गर - मन पवित्र
दान गर - धन पवित्र
योग गर - ज्यान पवित्र
प्रार्थना गर - आत्मा पवित्र
ब्रत गर - स्वास्थ्य पवित्र
परोपकार गर - हृदय पवित्र
क्षमा गर - सम्बन्ध पवित्र
सत्कर्म गर - भाग्य पवित्र
Niraula
vlog
Niraula / निरज निरौला
02/01/2023
आज २०७९-०९-१८ गते पौष शुक्ल पक्षमा पर्ने एकादशीलाई पुत्रदा एकादशी भनिन्छ श्रावण र पौष दुवै महिनाको शुक्ल पक्षमा यस एकादशी पर्दछ पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ सन्तान नभएका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । साभार,
संक्षिप्त #व्रतकथा:
धर्मशास्त्रहरू अनुसार प्राचीन कालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे । जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो पानीको खोजीमा उनी झनझन् जङ्गलभित्र पुगे निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषि मुनिहरू आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोबरको पानी पिएपछि ऋषि मुनिहरूलाई नमस्कार गरे राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषि मुनिहरूसँग सोधे ऋषि मुनिहरूले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए राजाले पुत्र दा एकादशीको व्रत बारे ऋषि मुनिहरूसँग जिज्ञासा राख्दा ऋषि मुनिहरूले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको माहात्म्य महत्त्वपूर्ण मानिन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Telephone
Website
Address
Kathmandu