Sadak Sanchar.com
08/06/2026
रविले बोलाएको बैठकमा नजाने, यस्तो रहेछ भित्रि कारण
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।
लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखासमितिको हलमा बिहान ९ बस्ने बताइएकाे छ । बैठक अझै सुरु भएकाे छैन ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ । तर, नेकपाका शीर्ष नेता नै उक्त सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।
यस्तै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन् ।
लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखासमितिको हलमा बिहान ९ बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ । तर, कांग्रेस शीर्ष नेता नै उक्त सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।
कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे मात्रै बैठकमा सहभागी हुने भएका छन् ।
वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको भनिएको उक्त सर्वदलीय बैठकलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीपनि बैठकमा सहभागी नहुने बुझिएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ithari