Rewati Raman Bhandari Secretariat
महानगर मध्य विराटनगर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा उच्चतम अंक प्राप्त गरेर प्रथम भएको तर कथित नयाँ भन्ने बलेन को नेतृत्वको स्थानीय सरकार अन्तिम हुनुले नयाँ भन्ने हरुको कार्यसम्पादन स्पष्ट देखिन्छ ।
भ्रष्टाचार हो की हैन ? बालेन ले जवाफ दिनु पर्छ
कोशी प्रदेश सभा आज मिति २०८२।१०।२७ गते बसेको बैठकको बिशेष समयमा बोल्नु हुदै माननीय रेवती रमण भण्डारीज्यू,
01/02/2026
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रहदा बखत वहाको पहलकदमी मा विभिन्न सार्वजानिक संरचना सडक खानेपानी भवन निर्माण सम्पन्न भए सोही मध्य एक भूपू सैनिक हरुको लागि सामुदायिक भवन समुदघाटन गर्नु हुँदै माननीय ज्यू ,
14/01/2026
सम्मान ग्रहण कार्यक्रम २०८२
इरिक्साले लाखौं मानिसहरूको दैनिक जीवनमा पुर्याइरहेको योगदानलाई मध्यनजर गर्दै लाइसेन्स लिनबाट वञ्चित सवारी चालकहरूलाई सहजीकरण गर्ने तथा उनीहरूको हक हित र जीविकोपार्जन सुनिश्चित गर्ने उद्देश्यले आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा कोशी प्रदेश सरकारले सिटी रिक्सा चालकहरूका निम्ति लिखित परीक्षा हटाई वैकल्पिक तथा ट्रायल माध्यममा लाइसेन्स लिन सक्ने व्यवस्था गरेको सो निर्णयले ई-रिक्सा चालकहरूलाई सवारीचालक अनुमति पत्र लिने वातावरणलाई सहज बनाएको मात्र होइन यसले हजारौं ई-रिक्सा चालक तथा उनीसँग आश्रित परिवारको जीविकोपार्जन सुनिश्चित गर्न समेत महत्त्वपूर्ण योगदान दिएको छ। साथै यसले चालक तथा यात्रुहरूमा पर्न सक्ने जोखिम समेत न्यूनीकरण गर्ने भएको ले यस्ता किसिमका परिवर्तनका लागि खेल्नुभएको महत्वपूर्ण भूमिका लाई उच्च कदर गर्दै विकल्प एन अल्टरनेटिभ ले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री उमाकान्त पौडेल को उपस्थितिमा सम्मानपत्र प्रदान गरेका छन्।
सवारी तथा यातायात व्यवस्था कार्यालयमा भएको चरम लापरवाही बिचुल्याको जगजगी र कुशासित प्रवृत्ति लाई व्यवस्थित गर्न निवर्तमान मन्त्री ज्यूले हरसम्भव प्रयत्न गर्नुभएको सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउने गरी अधिकतम प्रयत्न गर्नुभएको सेवाग्राहीलाई सेवा केन्द्रबाटै सेवा दिन बिचुलियाको सहारा लिन बाध्य नबनाउन सम्पूर्ण कर्मचारीलाई चलायमान परिस्थितिमा रहन जुन प्रयत्न गर्नुभयो सो प्रयत्नको पनि उच्चतम प्रशंसा गरेकाछन्।
सवारी साधन नवीकरण, अनिवार्य लाइसेन्स र सवारी साधनको बीमा अनिवार्य गर्ने व्यवस्था लाई निरन्तरत नियमन मजबुत बनाई अनिवार्य बीमा गरेर मात्र सवारी ब्लुबुक नवीकरण गर्ने व्यवस्था आफैंमा एक उच्चतम प्रयत्न भएको र केही पैसाको लोभमा हिजो सवारी धनी बिमा गर्न चुक्ने र सो कारणले भवितव्य दुर्घटनामा पर्दा ठूलो धनजनको क्षति भइरहेको घटनाहरू अबको दिनमा समाधान हुँदै जाने समेत विश्वास जनाइएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Itahari
Itahari