Much love
Good morning 🌅 🙏❤️
Good night 💤
🫰🧚🏻♀️❤️❤️
01/07/2025
Xtreme Energy Drink सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर!
नेपालभर लोकप्रिय हुँदै गएको Xtreme Energy Drink ले अहिले धेरै युवाहरूको ध्यान त तानेको छ, तर यसको नियमित सेवनले शरीरमा देखिएको असरले चिन्ता बढाउँदै लगेको छ।
धेरै युवाहरूले एउटा मात्र क्यान पिएपछि नै निम्न समस्याहरूको अनुभव गर्न थालेका छन्:
मुटुको धड्कन असामान्य रूपमा तेज हुनु
टाउको भारी हुनु र चक्कर आउनु
छाती पोल्नु, पेट दुख्नु वा गडबड हुनु
हातखुट्टा झमझमाउनु
निद्रामा गम्भीर समस्या आउनु (कतिपयलाई त २–३ दिनसम्म निद्रै नलाग्ने)
लामो समयको सेवनले थप गम्भीर असरहरू देखिएका छन्:
दाँतको इनेमल बिग्रनु
मोटोपनको जोखिम बढ्नु
किड्नीमा असर पर्नु
ऊर्जाको नाममा शरीरलाई 'थकाउने' यो पेय पदार्थ सुरुवातमा सक्रियता दिएजस्तो लागे पनि, यसले बिस्तारै शरीरलाई थकित, कमजोर र निर्भर बनाउने खतरा बोकेको देखिन्छ।
अबको समय सचेत बन्ने हो
ऊर्जा चाहिएको भन्दै गलत विकल्प रोज्नुभन्दा प्राकृतिक उपायहरू – स्वच्छ पानी, सन्तुलित आहार, राम्रो निद्रा र व्यायाम रोजौं।
स्वास्थ्यप्रति लापरवाही नगरौं –
Xtreme सावधानी अपनाऔं, Energy होइन खतरा नबनाऔं!
#
Click here to claim your Sponsored Listing.
Category
Address
Ilam