Biviana Foundation
09/02/2022
विभियाना फाउन्डेसनको आयोजनामा २०७८ माघ २५ र २६ गतेका दिन क्रमशः मकवानपुरको थाहा नगरपालिका, वडा न. १२ तारु स्थित टिस्टुङ देउराली नेपाल चेम्बर प्रा.बि. र थाहा नगरपालिकाकै जगडाडा स्थित सात कन्या प्राबीमा न्यानो अभियान सम्पन्न गरेको छ । सात कन्या प्राबीमा अध्यानरत ७० जना र टिस्टुङ देउराली नेपाल प्राबिमा अध्यानरत ५३ जना गरि जम्मा १२३ जना बिपन्न बर्गका बिद्यार्थीहरुलाइ मध्यनजर गर्दै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । अत्याधिक जाडोका साथै हिमपात हुने पहाडी क्षेत्रमा न्यानो कपडा पाउदा विद्यार्थी सथै अभिभावक पनि निकै खुसी महसुस गर्नुका सथै आयोजक विभियाना फाउन्डेसनलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
Bikesh Lal Shrestha
27/12/2021
काठमाण्डौ महानगरपालिका वडा नं ३२ जडिबुटि निवासी सामाजिक अभियन्ता ईन्जिनियर एवम् अधिवक्ता श्री तरुण रन्जन दत्त एवम् तनु दत्तज्युले आफ्नी छोरी श्री विदिता दत्तज्युको शुभजन्मदिनको अवसर पारेर यस संस्थाको कोषमा सहयोगि मनका साथ रुपैया दुईहजार पाच सय (२,५००) सहयोग गर्नु भएकोमा यस संस्था वहा लगायत वहाको परिवार सदस्यहरुमा हार्दिक धन्यवाद प्रकट गर्दछौ। नानी विदिता दत्तलाई उज्जवल भविष्यको शुभभावना।
#विभियाना_फाउन्डेशन_परिवार
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Hetauda/1
Hetauda
44100