Delta Engineering Solution Pvt. Ltd.
15/07/2023
Electrical house wiring केही ध्यान दिनै पर्ने कुराहरु : शेयर गरि राख्नुहोला काम लाग्छ।🙏🙏
•साधारणतया लाइट सर्किटको लागि १.५ देखि २.५ स्क्वायर एमएम मल्टिएसटेन्ड कपर वायर फायर प्रयोग गर्नुपर्छ । यो फायर प्रुफ वा नर्मल दुवैमा पाइन्छ
•पावर सर्किटको लागि २.५ देखि ४ स्क्वायर एमएमसम्मको फायर प्रुफ वा नर्मल मल्टिसटेन्ट कपर वायर प्रयोग गर्न सकिन्छ ।यसमा लाग्ने कन्डिक्ट पाइप १६ एमएमदेखि २५ एमएमसम्म (तारको संख्याअनुसार) फायर प्रुफ वा नर्मल प्रयोग गर्न सकिन्छ ।
•अर्थिङको तार लाइटका लागि १ देखि १.५ स्क्वायर एमएम र पावरका लागि १.५ देखि २.५ स्क्वायर एमएमसम्मको मल्टिएसटेन्ट कपर वायर प्रयोग गर्नुपर्छ । यो पनि फायर प्रुफ र नर्मल दुवैमा पाइन्छ ।
•डिस्ट्रिब्युसन बोर्डहरू घरको आवश्यक लोड अनुसारको बनाउनुपर्छ । एमसीबीको छनोट गर्दा गुणस्तर कम्पनी हेर्नुपर्छ । त्यसपछि प्राधीकरणको इनर्जी मिटर पनि घरको लोड अनुसारको राख्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, एमसीबी भन्दा तारकाे रेटिङ बढि राख्नुपर्छ । यसो गर्दा कहिलेकाहीँ तारबाट बढी करेन्ट प्रवाह भएको खण्डमा तारले लोड धान्न नसकेर एमसीबी ट्रिप भएर आगालागी हुनबाट बचाउँछ ।
एमसीबीको तुलनामा तारको रेटिङ कम भएको खण्डमा बढी करेन्ट आउँदा तार जलेर आगालागी हुन सक्छ, त्यहाँ एमसीबीले काम गर्दैन ।
>>दछ प्राबिधिकले नै तपाइको घरको सुरक्षा गर्ने छन।👷👷
Delta Engineering Solution Pvt. Ltd.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Hetauda
44100