Dipayal Raibar

Dipayal Raibar

Share

11/05/2026

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।
सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने : ४८,३९२ जना ।
३.२० देखि ३.६० जीपीए ल्याउने : ८०,३७२ जना ।
२.८० देखि ३.२० जीपीए : ९४,२२२ जना
२.४० देखि २.८० जीपीए: ५५,९७७ जना
२.०० देखि २.४० जीपीए: ५,१९० जना
१.६० देखि २.०० जीपीए: ७ जना
१ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले 'एनजी' (Non-Graded) प्राप्त गरेका छन्।

11/05/2026

छिमेकी पालिकाहरुको पुलको हालत एउटै

डोटीको शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने बानेडुंग्रीसैन–सातनाली मोटरेबल पुल विगत १२ वर्षदेखि अधुरो र अलपत्र अवस्थामा रहेको छ भने शिखरको छिमेकी पालिकाहरु गन्यापधुरा र नवदुर्गाको सकायल- डाँडावन जोड्ने पुल सातनाली पुल जस्तै ११ वर्ष देखि अलपत्र रहेको छ।

सातनाली पुल निर्माण गर्न वि.सं. २०७१ असार २९ मा सम्झौता भएको थियो भने यस पुलको हालसम्मको प्रगति मात्र २४ देखि २५ प्रतिशत रहेको छ । निर्माण सम्पन्न गर्नुपर्ने सुरुवाती लक्ष्य २०७४ साल भए तापनि ठेकेदारको लापरबाहीका कारण हालसम्म ६ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८२ असार ८ गते विभागीय निर्णय अनुसार म्याद थप गरिएको छ ।

त्यस्तै सकायल - डाँडावन पुल वि.सं. २०७२ सालमा २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो, तर ११ वर्ष पुग्दासम्म पनि यसको निर्माण पूर्ण हुन सकेको छैन । पछिल्लो जानकारी अनुसार यसको काम करिब ७५ देखि ८० प्रतिशत मात्र सम्पन्न भएको छ । विगत केही समयदेखि यसको निर्माण कार्य पूर्ण रूपमा ठप्प छ ।

सातनाली - बानेडुङ्ग्रीसैन पुलको ठेक्का सम्झौता पप्पु-राजेन्द्र जेभीसँग भएको थियो भने सकायल - डाँडावन पुलको ठेक्का सम्झौता राजेन्द्र–चाँदनी जेभीसँग सम्झौता भएको थियो । यी दुबै कम्पनी डडेलधुरा जिल्लाकै हुन ।

यी दुबै पुल करिब ११ कि.मि को दुरिमा रहेका छन् । यी पुल नबन्दा आदर्श, शिखर- ११, सिगास, बझाङ, नवदुर्गा तथा गन्यापधुराका जनताले धेरै दु:ख भोक्नु परेको छ । सम्बन्धित निकायले यी कम्पनीलाई कार्वाहीको दायरामा ल्याओस तथा पुलको निर्माण कार्य छिटो भन्दा छिटो सुचारु होस् ।

Follow for more.....

Want your business to be the top-listed Media Company in Doti?
Click here to claim your Sponsored Listing.

Address


Doti
10800