Dr. Yudhisthir Raj Khadka
30/01/2025
Cervical spine Epidural Abscess along with para and prevertebral abscess with cord compression with rapidly developed Quadriparesis (ASIA B ) improved and started walking post surgery (Debridement and decompression with ACDF C3-C4)
सर्वाइकल स्पाइन एपिड्यूरल एब्सेस (पिप) ले र मेरुदण्डमा दबाब दिएर हात- खट्टा नचल्ने भएको बिरामी शल्यक्रियापछि (डेब्रीडमेन्ट र डिकम्प्रेसनसँगै ACDF C3-C4) सुधार भएको र हिँड्न थालेको अवस्था।
27/08/2024
समय बित्दै गएपछि बाथ रोगले (Rheumatoid Arthritis) गर्दनको मेरुदण्डमा असर देखाउन सुरु गर्दछ। घॅाटी र टाउको दुख्नु, हात झमझमाउनु, मिहिन कामहरु गर्न नसक्नु, हिड्डुल र दिसा पिसाब गर्न समस्या हुनु, चक्कर लाग्नु जस्ता समस्याहरुले सताउन सक्छ।
गर्दनको मेरुदण्डमा देखिने समस्याहरुमा Atlanto- axial instability, Cranial Settling, Subaxial Subluxation हुन सक्छl
Cranial settling with Pannus formation compressing the Spinal Cord with Myelopathy को बिरामी अपरेसन पछि Ranawat Rheumatoid Myelopathy Class III A बाट Ranawat Class II मा सुधार भएको र बिस्तारै अरु सुधारको अपेक्षा गर्न सकिन्छ।
बाथका बिरामीहरुले नियमित औषधि सेवन गरौं र चिकित्सकहरुको सल्लाह अनुसारको उपचार गराऔॅं
24/07/2024
लम्बर स्पाइनल स्टेनोसिस भन्नाले ढाड/ कम्मर/ पीठको तल्लो भागमा स्पाइनल क्यानल (मेरुदण्डको नशा) को ठाउॅ सॅागुरो भएर नशामा दबाब पर्नु (च्यापिनु) हो।
यसले गर्दा खुट्टाहरुमा दुखाइ हुने वा पोल्ने र झमझमाउने गर्छ। लामो समय उभियो वा हिड्यो भने यो दुखाइ बढ्ने र बस्यो वा सुतेमा केहि आराम हुन्छ।
रोग बढ्दै गएपछि दिसा, पिसाबमा नियन्त्रण रहॅदैन
के कारणले स्पाइनल स्टेनोसिस हुन्छ?
उमेरसॅग अस्टियोआर्थाइटिस (osteoarthritis) भइ कम्मरको हड्डी र मेरुदण्डको वरिपरि रहेको facet joints, Ligamentum flavum मा आउने परिवर्तन / अतिवृदि
जन्मजात
अन्य कारणहरु
उपचार
औषधिः दुखाइ कम गर्ने दबाइ, कम्मरमा लगाउने सुई
फिजियोथेरापी
अपरेसन: विभिन्न प्रकारको डिकम्प्रेसिभ सर्जरीहरु
Spondylolisthesis को हकमा डिकम्प्रेसिभ सर्जरीका साथै फ्युजन आवश्यक पर्छ
21/07/2024
Ankylosing spondylitis एक प्रकारको मेरुदण्डको बाथ हो।
• तीन महिनासम्म ढाड- कम्मर दुख्नु
• बिहान पख जिउ अरट्ठ हुनु
• काम गरेपछि जिउ हलुका महसुस हुनु
• आराम गर्दा ढाड बढी दुख्नु
• छाती दुख्नु वा लामो सास फेर्दा छाती धेरै फैलन नसक्नु
• अगाडी निहुरिन गार्हो हुनु
•नितम्ब तिर दुखाइ हुनु
जस्ता समस्या ankylosing spondylitis काे लक्षणहरु हुन सक्छन्।
यो रोग सामान्यतया पुरुषहरुमा बढी देखिने गर्छ।
यो रोग बढ्दै गएमा मुटु, पेट, स्वासनली, आँखा वा छालामा पनि हानि पुर्याउन सक्ने हुँदा यसको बेलामै उपचार गर्नु जरूरी हुन्छ।
आवश्यकता अनुसार औषधि, फीजीयोथेरापी, सल्यक्रिया (चोटपटक र मेरुदण्डको बाङ्गोपनकाे सल्यक्रिया, जोर्नी प्रत्यारोपण) गरेर मेरुदण्डको बाथ भएका बिरामीको जीवन यापन सहज बनाउन सकिन्छ।
- डा. युधिष्ठिर राज खड्का
( वरिष्ठ हाडजोर्नी, मेरुदण्ड, नशा, जोर्नी प्रत्यारोपण तथा बाथ रोग विशेषज्ञ )
20/07/2024
सर्विकल स्पन्डाइलोटिक मायलोपाथी (CSM) उमेरसँगै गर्दन (घॅाटी) को मेरुदण्ड वरिपरि हुने अस्वाभाविक परिवर्तनहरूको परिणाम हो। यसमा लिगामेन्टम फ्लेभमको वृद्धि, फेसेट जोइन्टको वृद्धि, डिस्क प्रोट्रुशन र पछाडि स्पन्डिलोटिक रिजेसको निर्माणले मेरुदण्डको नशा च्यापिएर गर्दन दुखाइ, मिहिन काम गर्दा समस्या, हातहरु झमझमाउनु, रोग बढ्दै गएमा दिसा पिसाब र हिड्डुल गर्न समस्या हुने गर्छ।
लक्षण बढ्दै गएमा शल्यक्रिया आवश्यक पर्छ
17/07/2024
24/06/2024
जोर्नी प्रत्यारोण र सरभाइकल स्पाइन/ मेरुदण्डको नसाको अपरेसन समबन्धि पत्रिकाले coverage गरेको एउटा समाचार
स्वास्थ्य क्षेत्रमा जोर्नी प्रत्यारोपण जटिल शल्यक्रियाका रूपमा हेर्ने गरिन्छ। वरिष्ठ हाडजोर्नी, मेरुदण्ड, नसा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिर राज खड्काले पहिलोपटक लुम्बिनी प्रादेशिक अस्पतालमा सफलता पुर्बक पूर्ण रूपमा जोर्नीको प्रत्यारोपण गर्नु भएको छ।
यस नेशनल मल्टिस्पेसियलिटी क्लिनिक प्रा. लि., बुटवल मार्फत पनि सेवा दिइराख्नु भएको वरिष्ठ हाडजोर्नी, मेरुदण्ड, नसा तथा बाथरोग विशेषज्ञ डा. युधिष्ठिरराज खड्का ज्यु लाई यस क्षेत्रमा स्वास्थ्य सेवा तर्फको उक्त नबिन कार्यको थालनीको प्रसंशा गर्दै हार्दिक बधाई टक्र्याउछौं l
https://www.facebook.com/share/TNmG9ZDwh65BRmth/?mibextid=WC7FNe
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhudki Chowk
Butwal
Opening Hours
| Monday | 08:00 - 19:00 |
| Tuesday | 08:00 - 19:00 |
| Wednesday | 08:00 - 19:00 |
| Thursday | 08:00 - 19:00 |
| Friday | 08:00 - 19:00 |
| Saturday | 08:00 - 19:00 |
| Sunday | 08:00 - 19:00 |