Namaste Nepal
11/06/2026
नमस्ते नेपालको विशेष अभियान: वृक्षारोपण कार्यक्रम!
संस्थाका संस्थापक अध्यक्ष श्री अर्जुन खरेलज्यूको जन्मदिन एवं ७औँ वृक्षारोपण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ 🌳
29/05/2026
नमस्ते नेपालको १५औँ स्थापना दिवसको पावन अवसरमा तिलोत्तमा गौशालामा स्वर्गीय बुवा टेक प्रसाद कँडेलज्यूको पुण्य स्मृतिमा सम्पन्न गौसेवा कार्यक्रमप्रति हामी हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।
कँडेल परिवारद्वारा गौशालामा आश्रित सम्पूर्ण गाईहरूलाई आहार प्रदान गरी सम्पन्न गरिएको यस पुण्य कार्यले मानवीय सेवा, करुणा, धर्म तथा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।स्वर्गीय बुवा टेक प्रसाद कँडेलज्यूको स्मृति सदैव प्रेरणादायी रहिरहोस् भन्ने कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै सम्पूर्ण कँडेल परिवारप्रति हार्दिक सम्मान व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौं।
29/05/2026
🌱 सस्थाको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी भई वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा सानो योगदान गर्न पाउँदा अत्यन्त खुशी लागेको छ।
“आज रोपिएको बिरुवा, भोलिको स्वच्छ भविष्य” 💚
#15औँ_स्थापना_दिवस #वृक्षारोपण
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Butwal