Sahaj Foundation
24/07/2025
सदैव समर्पित। जय सहज।
सहज फाउण्डेशनद्वारा विराटनगरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सहज फाउण्डेशनद्वारा विराटनगरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
24/07/2025
सहज फाउण्डेशन, विराटनगरको आयोजनामा मिति २०८२ साल श्रावण ८ गते, बिहीबारका दिन धरणीधर आधारभूत विद्यालय, विराटनगर–६ का अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी पुस्तक बोक्ने झोला सहितका शैक्षिक सामग्री वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदछौं।
कार्यक्रममा संस्थाका अध्यक्ष राहुल राय, प्रमुख अतिथि कृष्ण कार्की, निवर्तमान अध्यक्ष ई. पवन भट्टराई, महासचिव अर्जुन मण्डल, सह–सचिव शुभम भट्टराई, कोषाध्यक्ष रेहान भट्टराई, नेपाल मुस्लिम संघ मोरङ सभापति केहेकशा कौशर (गुड्डी), मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष साद बाबु कुरेशी, युवा नेता राजन न्यौपाने, युवा नेता भोला मण्डल, विद्यालयका प्रधानाध्यापक खेम निरौला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकेश्वर कामत, समाजसेवी नवीन विक्रम शाह, समाजसेवी विवेक केसरी, संस्थाका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्यहरू तथा अन्य सामाजिक व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग र साथ दिनुहुने सम्पूर्णमा सहज फाउण्डेशन परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं।
जय सहज।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Biratnagar/1
Biratnagar