Amar Secondary School
22/01/2026
आज बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी, बालबालिकाले अक्षरारम्भ गर्ने दिन, विद्याकी आराध्य देवी सरस्वतीको पूजा गर्ने दिन । यो पावन दिनमा हाम्रो विद्यालयमा सदाझैँ गरिने पूजन कर्ममा सहभागी भई टीका, प्रसाद ग्रहण गरिदिनुहुन यस विद्यालयका समस्त विद्यार्थी, अभिभावक, शिक्षक/कर्मचारी, समाजसेवी, शिक्षाप्रेमी ज्यूहरूलाई आज विहान (९ गते) विद्यालामयमा पाल्नुहुन हार्दिक आमन्त्रण गर्दछौँ ।
15/01/2026
यस विद्यालय परिसरमा दाता श्री तारा के.सी. तथा उहाँको परिवारद्वारा नवनिर्मित श्री सरस्वती माताको मन्दिरको आज विशेष कार्यक्रमका बीच समुद्घाटन कार्य सुसम्पन्न भयो ।
मिति २०८२/१०/०१ गते।
14/01/2026
भरखरै जनता मा.वि. बर्जिवाङमा सम्पन्न नगरपालिकास्तरीय कविता प्रतियोगितामा यस विद्यालयबाट सहभागी छात्रा सिम्रन शर्माले द्वितीय स्थान हासिल गरेकी छिन् । उनलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना !
13/01/2026
स्वर्गद्वारी भिङ्ग्री प्यूठान महोत्सव २०८२, डान्स आइडलमा यस विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा अनुसा जि.एम.ले प्रथम स्थान हासिल गर्न सफल भएकोमा हामी हर्षविभोर भएका छौँ । उनलाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दछौँ ।
13/01/2026
आज यस विद्यालयमा सञ्चालन भएको स्वर्गद्वारी नगरपालिकास्तरीय वादविवाद प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने अमर माविकी सिम्रन शर्मा, द्वितीय स्थान प्राप्त गर्ने बेलवास मा.वि.का निशान्त शर्मा, तृतीय स्थान प्राप्त गर्ने लोक चेतना एकेडेमीका करण शर्मा, सान्त्वना स्थान प्राप्त गर्ने विद्यानन्द माविका लक्ष्मण खत्रीलाई हार्दिक बधाई तथा सहभागी सबै भाइबहिनीहरूलाई हरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Bhingrigaon
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |