Nepali In Italy
03/06/2026
विदेशबाट नेपाल फर्कने नेपालीहरूका लागि खुसीको खबर!
नेपाल सरकारले विदेशबाट फर्कने नेपाली नागरिकहरूका लागि केही वस्तुहरूमा पूर्ण भन्सार (महसुल) छुट दिने व्यवस्था गरेको छ।
✅ महसुल छुट पाइने वस्तुहरू:
📱 वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना काम गरेर फर्केका नेपाली नागरिकले आफ्नो प्रयोगका सामान बाहेक थप १ थान नयाँ मोबाइल फोन ल्याउन सक्ने।
💻 आफ्नो प्रयोगका लागि १ थान Tablet, Laptop, Desktop Computer, घडी, क्यामेरा लगायतका सामान।
📺 वैदेशिक रोजगारीमा कम्तीमा १२ महिना काम गरेर फर्केका नेपाली नागरिकले एक पटकका लागि ६५ इन्चसम्मको टेलिभिजन ल्याउँदा महसुल छुट।
💊 उपचार गराई फर्किएका बिरामीले साथमा ल्याएका औषधिहरू।
♿ शारीरिक रूपमा अशक्त व्यक्तिले सहायताका रूपमा प्रयोग गरेका सहायक सामग्रीहरू।
🍫 ७ किलोग्रामसम्म खाद्य परिकार।
⚠️ विशेष व्यवस्था:
तोकिएको परिमाणभन्दा बढी सामान ल्याएको अवस्थामा यात्रुको अवस्था, परिवार संख्या, बसेको देश र विदेश बसेको अवधि लगायतका आधारमा भन्सार कार्यालय प्रमुखले आवश्यक अनुसार थप छुट दिन सक्ने व्यवस्था छ।
ℹ️ विदेशबाट नेपाल फर्कनु अघि भन्सार सम्बन्धी अद्यावधिक नियमहरू एकपटक अवश्य बुझ्नुहोस्।
#नेपाल #भन्सार #वैदेशिकरोजगार
01/06/2026
🌍🇳🇵 नेपाली समुदायका लागि नयाँ डिजिटल प्लेटफर्म चाँडै आउँदैछ!
हामी विश्वभर रहेका नेपालीहरूका लागि एक नयाँ News & Information Website र Work Time Tracking Mobile App ल्याउँदैछौं।
🌐 हाम्रो वेबसाइटमा तपाईंले पाउनुहुनेछ:
📰 नेपाल तथा अन्तर्राष्ट्रिय समाचार
🇮🇹 इटालीमा रहेका नेपालीहरूका लागि विशेष सेवाहरू
💼 इटालीका Job Opportunities र Career Updates
🛂 इटालीको Immigration सम्बन्धी जानकारी
🤝 Asylum (आश्रय) प्रक्रिया तथा मार्गदर्शन
🎓 Student Visa र Education Information
📚 Italian Language Classes (A1, A2, B1 Levels)
📝 Italian Language Exam Preparation
⚖️ Legal Aid तथा कानुनी सहायता सम्बन्धी जानकारी
👥 नेपाली Community Updates, Events तथा गतिविधिहरू
📖 इटालीमा बसोबास, काम र अध्ययनका लागि उपयोगी जानकारी तथा स्रोतहरू
साथै, रोजगारदाताहरू (Employers) ले सिधै आफ्नो Job Vacancy पोस्ट गर्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ, जसले नेपाली समुदायलाई रोजगारीका अवसरहरू सजिलै खोज्न मद्दत गर्नेछ।
📱 विश्वभर प्रयोग गर्न मिल्ने नयाँ Mobile App
हामी एक सरल र उपयोगी एप पनि सार्वजनिक गर्दैछौं, जसले तपाईंको कामको समय व्यवस्थापन गर्न मद्दत गर्नेछ।
✅ Daily Work Hours Record
✅ Break Time Tracking
✅ Manual Time Entry
✅ Total Working Hours Calculation
✅ Easy Monthly Records
✅ Offline Mode Support
✅ Worldwide Use – कुनै पनि देशमा प्रयोग गर्न सकिने
अब आफ्नो कामको समय, ब्रेक र कुल कार्यघण्टा सजिलै ट्र्याक गर्नुहोस्, जहाँसुकै भए पनि।
🚀 Launching Soon!
हाम्रो लक्ष्य विश्वभर रहेका नेपालीहरूलाई समाचार, जानकारी, रोजगारीका अवसर, भाषा शिक्षा तथा उपयोगी डिजिटल सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउनु हो।
"विश्वभरका नेपालीहरूलाई जोड्ने, सूचना, शिक्षा र अवसरको साझा प्लेटफर्म।" 🌍🇳🇵
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहले आकस्मिक प्रश्नको जवाफ दिएर बैठक छाडेपछि विपक्षी सांसदहरूले विरोध जनाए। यस क्रममा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित भइन् र आफ्नो सिटबाट अगाडि बढ्न खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरे। स्थिति तनावपूर्ण बनेपछि सांसद रञ्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बैठक कक्ष बाहिर लगे। घटनापछि केही समय संसद बैठक तनावपूर्ण बनेको थियो।
Clicca qui per richiedere la tua inserzione sponsorizzata.
Digitare
Contatta l'organizzazione
Sito Web
Indirizzo
Milan
20025