Nepali Community Rajkot

Nepali Community Rajkot

Share

Photos from Nepali Community Rajkot's post 29/01/2026

सम्पूर्ण राजकोट बासीलाई अध्यक्ष संजयराज कार्की ज्यूको आह्वान छ। समाज प्रेमी हरुलाई साथ सपोर्टको अपिल
निम्न समय र स्थानमा आइदिनुहोला।

Sanjayraj Karki

27/01/2026

🚨 आफन्त खोजी अपिल 🙏

नेपालबाट रोजगारीका लागि गुजरात आउँदै गर्दा, गुजरातको राजकोट नजिकै रहेको चोटिला क्षेत्रमा भएको बस दुर्घटनामा कैलाली जिल्ला, भोजनी बुटी निवासी डम्मर बिक गम्भीर घाइते हुनुभएको छ।

उहाँ हाल राजकोट सिभिल अस्पतालको इमर्जेन्सी वार्डमा भर्ती हुनुहुन्छ।

यदि राजकोटमा उहाँका कुनै आफन्त वा चिनजान हुनुहुन्छ भने, कृपया सकेसम्म छिटो अस्पतालमा सम्पर्क राखिदिनुहोला।

मानवीय सहयोगका लागि यो पोस्ट सेयर गरिदिनुहोस्।
🙏 Get well soon.

Sanjayraj Karki

26/01/2026

📰 राजकोटमा नेपाली युवाहरूको समाजसेवी एकता — संजय राज कार्कीको नेतृत्वमा नयाँ सामाजिक पहल
राजकोट (गुजरात) — समाज परिवर्तनको उद्देश्यसहित राजकोटमा रहेका नेपाली युवाहरू एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज राजकोट रेसकोर्स क्षेत्रमा सम्पन्न बैठकमा प्रवासमा रहेर पनि आपसी सहयोग, साथ–समर्थन तथा समाजसेवामार्फत सकारात्मक परिवर्तन ल्याउने विषयमा छलफल गरिएको थियो।
यस अवसरमा सम्पूर्ण समाजसेवी संजय राज कार्कीले यो अभियान कुनै राजनीतिक उद्देश्य वा व्यक्तिगत स्वार्थका लागि नभई, केवल नेपाली समुदायबीच आपसी सहयोग र सहकार्य बढाउने लक्ष्यका साथ सुरु गरिएको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार, “हामी कुनै दबाबमा छैनौँ, न त कुनै शर्तमा काम गरिरहेका छौँ। प्रवासमा रहेर पनि एक नेपालीले अर्को नेपालीलाई अप्ठ्यारो परेको बेला साथ दिनु नै हाम्रो मुख्य उद्देश्य हो।”
बैठकमार्फत एक सामाजिक संगठन गठन गरिएको छ, जसमा निशर्त समाजसेवा गर्ने भावना राख्ने सबैलाई सहभागी हुन आह्वान गरिएको छ। संगठनले गुजरातमा रहेका नेपालीहरूमाथि हुने अन्यायका विरुद्ध आवाज उठाउने तथा पीडितलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।
समाजसेवामा जोडिन इच्छुक तथा कुनै पनि नेपालीमाथि अन्याय भएको जानकारी दिन चाहनेले तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ।
📞 सम्पर्क:
संजय राज कार्की
8401111175

31/12/2025

आउनुहोस रमाउनु होस 08 january #

07/12/2025

जनवरी 08 तारीक ⏲️ 02:00 pm देखि 07 :00 सम्म

गुजरातको राजकोटमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा जानकारी गराउँदछौँ कि राजकोटमा फेरि पनि सांस्कृतिक महोत्सव आयोजना हुँदैछ।

श्री नेपाली क्रिएटिभ युवा समाज राजकोट आयोजनामा हुन गइरहेको राजकोट सांस्कृतिक महोत्सव २०२६ मा यहाँ हरु सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं। यस सांस्कृतिक महोत्सवमा नेपाली सांगीतिक क्षेत्रमा सबैको मनमुटुमा बस्न सफल चर्चित कलाकारहरूको बेजोड प्रस्तुति हुनेछ

✅चर्चित गायक तथा मोडल रामजी खान
✅चर्चित गायिका लक्ष्मी नेपाली
✅चर्चित मोडल आरुसी मगर
✅चर्चित लोक तथा पप गायिका पशुपति ताम्राकार

मिति २o२६ जनवरी ८ तारिख समय दिउँसो २ बजेदेखि ७ बजेसम्म। स्थान प्रमुख स्वामी auditorium hall रैया रोड आलव ग्रीन सिटीको सामुन्ने

प्रवेश शुल्क रु 300/-

नेपाली पहिचान कला भाषा र संस्कृतिलाई प्रदेशको भूमिमा उजागर गर्ने यो साझा उत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

समयमै आफ्नो टिकट सुनिश्चित गर्नुहोस्। आफू र आफ्नो परिवारको लागी

07/12/2025

जनवरी 08 तारीक

26/11/2025

"राजकोटको श्री नेपाली क्रिएटिभ युवा सेवा समाज क्लबद्वारा मोटा-मौवाको शमशान घाटमा सफाइ अभियान अन्तर्गत नेपाली समाजले निःस्वार्थ भावले सफाइ गर्‍यो।"

Want your business to be the top-listed Media Company in Rajkot?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Rajkot