Kalimpong Hills Rural Welfare Foundation
15/04/2026
धन्यवाद साङ्सेको सेरोफेरो। ।
15/04/2026
कालेबुङ हिल्स रूरल वेलफेर फाउण्डेशन अनि कालेबुङ जिल्ला युवा कलाकार संगठन साथै सूचना एवं सांस्कृतिक विभाग,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन-को सहयोगमा गोर्खा नवबर्ष पहिलो बैशाख २०८३ को सुअवसरमा छैठौ बार्षिक गोर्खा सांस्कृतिक उत्सव-२०२६ को कार्यक्रम आयोजन गरिएको छ ।
प्रत्येक बर्ष नै गरिने उक्त कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम,गीत-संगीत साथै गोर्खा सांस्कृतिक सम्मानको कार्यक्रम पनि गरिन्दै आईरहेका छन् । यस बर्ष पनि कालेबुङलाई गीत, संगीतको क्षेत्र, साहित्य सितै समाजिक क्षेत्र समाजलाई योगदान दिने समाजिक संस्था गरी जम्मा ६ जनालाई गोर्खा सांस्कृतिक सम्मान-२०२६ ले सम्मान गरिएको थियो । शिक्षाविद् एवं पार्यवरण चेतनाका सम्पादक भुवन पी० खनाल, साहित्यकार तारानाथ सिंह,गायिका माया ढुङ्गेल,देवन थापा साथै उपकार सेवा संस्था अनि साहारा ट्रस रहेका थिए ।
यसै कार्यक्रम अवधी सुमन प्रधानको शब्द/संगीत एवं गायनमा नेपाली म्युजिक भीडियो तिमी बिना - भाग-१ /२ को पनि सोही दिन विमोचन गरियो ।
म्युजिक भीडियोमा अभिनय सुमन प्रधान स्वयंको रहेको थियो भने सहयोगीको रूपमा सञ्जीला राई रहेकी छन् भने यस म्युजिक भीडियोको निर्देशन एवं कोरियोग्राफर सञ्जीला राईले नै गरेकी छन्। यसरी फाउण्डेशनले गरेको कार्यको प्रशंसा गर्दै मुख्य अतिथीको रूपमा उपस्थित प्राथमिक जिल्ला स्कूल बोर्डका अध्यक्ष सेण्डुप लामाले फाउण्डेशनले गरेको प्रत्येक अर्थपूर्ण कार्यहरूमा सदैव साथ रहने बताएका छन् । यस कार्यक्रममा विशिष्ट अतिथीको रूपमा सह निर्देशक सूचना एवं सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कालेबुङ प्रभारी भूपेन्द्र शर्मा, ज्योती कार्की, दमाई सांस्कृतिक एवं बिकाश बोर्डका अध्यक्ष गंगा सागर पञ्चकोटी,योगेश थापा, गोरी राई, सिमा राई, प्रभाष गोले,योगेन्द घतानी,मधुसुधन लामा,नवीन सिंह पोर्तेल आदिको विशिष्ट अतिथीको रूपमा उपस्थित थिए । यसरी प्रत्येक बर्ष धारावाहिक रूपमा सांस्कृतिक कार्यक्रम, कलाकारहरूको उत्थान बिकाश सम्मान साथै प्रोत्साहन गर्नु यसलाई निरन्तर ता दिईरहँदा नयाँ किसिमको अनुभव साथै ग्रामीण क्षेत्रको कला,साहित्य,संगीत एवं संस्कृति को संरक्षण,सम्वर्द्धन साथै सही मञ्च प्रदान गर्ने उदेश्य सितै यस उत्सवको कार्यक्रमको प्रमुख उदेश्य रहेको छ ।
फाउण्डेशनको प्रत्येक कार्यक्रमलाई साथ सहयोग निम्ती मुख्य कार्यपाल,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अनित थापा, विधायक रूदेन सादा लेप्चा, भारप्राप्त सभासद् हेमन्त थुलुङ राई, विभागीय पक्षको निर्देशक अनि सह निर्देशक-प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा कालेबुङ जिल्लाको विभिन्न क्षेत्रबाट कलाकारहरूको उपस्थित रहेको जानकारी फाउण्डेशनका संस्थापक/महासचिव सुमन प्रधानले जानकारी दिएका छन् ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Address
Head Office:GDNS BHAWAN, GROUND FLOOR
Kalimpong
734301