Gorubathan Web
गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको आयोजनामा २६ अनि २७ जुलाईको दिन दिल्लीको जन्तर-मन्तरमा हुने धरना प्रदर्शनबारे जानकारी साथै जातीय संघ संस्थाहरुलाई सहभागिताको आह्वान गर्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका प्रतिनिधिहरु ...
Following Gorubathan Web
06/07/2026
NH 10 स्टाटस एप’ सार्वजनिक, अब सडकको अवस्थाबारे घरमै बसेर जानकारी लिन सकिने
कालेबुङका विधायक भरत छेत्रीले आज कालेबुङ जिल्ला पुलिसद्वारा विकसित “NH10 Status App” को औपचारिक शुभारम्भ गरेका छन्। यस एप मार्फत यात्रु तथा सर्वसाधारणले रङ्पोस्थित अटल पुलदेखि सेती झोडासम्मको राष्ट्रिय राजमार्ग–१० (NH 10) को पछिल्लो अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त गर्न सक्नेछन्।
एपमा सडक अवरुद्ध भएको वा नभएको, अवरोधको कारण, सडक खुल्न लाग्ने अनुमानित समय लगायतका महत्वपूर्ण विवरण उपलब्ध रहनेछन्। यसले विशेषगरी एनएच–१० हुँदै यात्रा गर्ने यात्रुहरूलाई यात्रा योजना बनाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
उक्त एप Apptech, Kalimpong द्वारा विकास गरिएको हो। सर्वसाधारणले Google Play Store बाट “NH10 Status App” डाउनलोड गर्न सक्नुहुनेछ।
Following Gorubathan Web Kalimpong Police Station Voice of Bharat Chettri
06/07/2026
जिल्ला खेलकुद संघ (DSA) कालेबुङको तत्वधानमा 5 जुलाईको दिन मुन्सोङ सामुदायिक भवनमा एक बैठक सम्पन्न भयो।
बैठकमा DSA कालेबुङका ग्राम पञ्चायत प्रतिनिधि उत्सव प्रधानको पहलमा मुन्सोङ क्षेत्रका विभिन्न खेलकुद क्लबका प्रतिनिधिहरूसँग आयोजना गरिएको थियो।
DSA कालेबुङका उपाध्यक्ष मणि कुमार खवास र संयुक्त सचिव सुशान थापाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो।
बैठकमा निम्न क्लब/एकेडेमीका प्रतिनिधि तथा प्रशिक्षकहरूको सहभागिता थियो:
१. दर्पण क्लब,
२. पोलिमर्स क्लब,
३. सञ्जीवनी क्लब,
४. नव खेलकुद,
५. सिन्कोना युवा परिवार
बैठकको मुख्य उद्देश्यबारे सुशान थापाले जानकारी गराएका थिए।
क) DSA कालेबुङ र जिल्लामा खेलकुदको सर्वोच्च निकायको रूपमा यसको भूमिकाबारे।
ख) DSA को दृष्टिकोण (Vision): "गाउँदेखि ओलम्पिकसम्म" र 'मिसन २०३६' (तल्लो तहदेखि उच्च स्तरका खेलाडीहरूको विकास) माथि प्रकाश पारियो।
ग) क्लब/एकेडेमी सम्बन्धन (Affiliation) प्रक्रियाबारे व्याख्या गरियो। मुन्सोङका सबै खेलकुद क्लब र एकेडेमीहरूलाई DSA अन्तर्गतका सम्बन्धित जिल्ला खेल विधा संघहरू (District Sports Discipline Associations) बाट सम्बन्धन लिन सुझाव दिइयो।
घ) खेलाडीहरूको उचित व्यवस्थापन, जिल्ला/राज्य/राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागिता र आधिकारिक रूपमा कुनै पनि खेलकुद एकेडेमी सञ्चालन गर्न सम्बन्धन अनिवार्य छ।
DSA कालेबुङका उपाध्यक्ष मणि कुमार खवासले सबै क्लबहरूबीच एकताको आवश्यकतामा जोड दिए। साथै, उहाँले यस क्षेत्रमा खेलकुदको प्रवर्द्धनका लागि सबै क्लबहरूलाई एकजुट भएर काम गर्न सुझाव दिएका थिए।
Following Gorubathan Web
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gorubathan, P. O./Fagu, Dist./Kalimpong
Kalimpong
735231