We Support Bikash Rai

We Support Bikash Rai

Share

28/05/2026
Photos from We Support Bikash Rai's post 16/05/2026

भालुखोपमा मार्ग नक्सा (Route Map) को भव्य उद्घाटन!

३४ नम्बर समष्टि भालुखोप ग्राम पञ्चायत अन्तर्गत आज एक औपचारिक कार्यक्रमका बीच भालुखोपको नयाँ मार्ग नक्सा (Route Map) को उद्घाटन सम्पन्न भएको छ। भालुखोप सुधार समितिद्वारा आयोजित यस उद्घाटन कार्यक्रममा ३४ नम्बर समष्टिका सभासद श्रीमान बिकास राई मुख्य अतिथिको रूपमा उपस्थित थिए।
राईको बाहुलीबाट उद्घाटन गरिएको यस मार्ग नक्साले स्थानीय क्षेत्रको भौगोलिक पहिचानलाई स्पष्ट पार्ने र विकासका कार्यमा थप मद्दत पुर्‍याउने विश्वास लिइएको छ। भालुखोप सुधार समितिको यस सक्रियताको प्रशंसा गर्दै सभासद ज्यूले आगामी दिनहरूमा पनि क्षेत्रको हितका लागि यस्ता रचनात्मक कार्यहरूमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
मार्ग नक्सा निर्माणले भालुखोप क्षेत्रमा आउने पर्यटक तथा आकस्मिक सेवाका सवारी साधनहरूलाई मार्ग पहिल्याउन निकै सहज हुने स्थानीय सुधार समितिले जनाएको छ।

Want your organization to be the top-listed Government Service in Kalimpong?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kalimpong