Nepal Eyes
युवा, अभिभावक र व्यस्त जीवनशैलीमा रहेका नेपालीका लागि सांस्कृतिक;आध्यात्मिक थेरापी बन्दै भजन–कीर्तन,
अष्ट्रेलियामा एमआरआर (MRR) भजन–कीर्तन समूहले विभिन्न राज्यमा रहेका नेपाली समुदायबीच नियमित रूपमा आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अभियानअन्तर्गत आइतबार साँझ मेलबर्नको क्रेगीबर्नस्थित हिन्दू मन्दिरमा आयोजित भजन–कीर्तन कार्यक्रममा सयौँ भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सामूहिक भजन, कीर्तन, सत्सङ्ग तथा आध्यात्मिक प्रवचनमार्फत सकारात्मक ऊर्जा, मानसिक शान्ति र सांस्कृतिक एकताको अनुभूति गरेका थिए। आयोजकका अनुसार अष्ट्रेलियाका विभिन्न सहरमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् र नेपाली समुदायबाट उल्लेखनीय साथ प्राप्त भइरहेको छ।
विदेशको व्यस्त जीवनशैली, कामको चाप र पारिवारिक जिम्मेवारीका बीच विशेषगरी युवापुस्ता, अभिभावक तथा तनावपूर्ण दैनिकी बिताइरहेका नेपालीका लागि यस्ता आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम प्रभावकारी ‘कल्चरल थेरापी’का रूपमा स्थापित हुँदै गएको सहभागीहरूको अनुभव छ।
10/07/2026
नयाँ स्तम्भको सुरुवात ; अब हरेक शनिबार ‘नेपाल आइज’मा डा. नबराज मुडवरीका विचार…
ज्ञानले समाज बदल्छ, शिक्षा भविष्य निर्माण गर्छ। यही विश्वासका साथ ‘नेपाल आइज’ ले आजदेखि नयाँ साप्ताहिक स्तम्भ ‘शिक्षा र समाज’ सुरु गरेको छ।
यस स्तम्भमार्फत हरेक शनिबार, शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त प्रतिष्ठित शिक्षाविद्, लेखक तथा अनुसन्धानकर्ता डा. नबराज मुडवरीले शिक्षा, समाज, अध्यात्म र समसामयिक विषयमा गहन विश्लेषण र प्रेरणादायी विचार प्रस्तुत गर्नुहुनेछ।
डा. मुडवरी त्रिभुवन विश्वविद्यालयका पूर्व लेक्चरर हुनुहुन्छ। उहाँले अष्ट्रेलियाको Flinders University बाट शैक्षिक नेतृत्व (Educational Leadership) मा Master of Education तथा University of Tasmania बाट Inclusive Education मा PhD हासिल गर्नुभएको छ।
हाल उहाँ Tasmania Government – Department for Education, Children and Young People मा Project Officer तथा University of Tasmania मा Academic का रूपमा कार्यरत हुनुहुन्छ। नेपाली भाषा, संस्कृति र पुस्तान्तरणप्रति गहिरो प्रतिबद्धता राख्ने उहाँले उत्तरी तास्मानियामा ‘भाषालय’ (नेपाली भाषा विद्यालय) को अवधारणा सुरु गरेर समुदायमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। उहाँका ७ वटा पुस्तक प्रकाशित भइसकेका छन्।
नेपाल आइज परिवारमा डा. मुडवरीलाई हार्दिक स्वागत!
अब हरेक शनिबार विचारलाई झकझक्याउने, ज्ञानलाई विस्तार गर्ने र समाजलाई नयाँ दृष्टिकोण दिने उहाँका नियमित लेखहरू नेपाल आइजमा पढ्न नभुल्नुहोला।
यो नयाँ स्तम्भबारे आफ्ना साथीहरूलाई पनि जानकारी गराउन पोस्ट शेयर गर्नुहोस्।
#शिक्षारसमाज
आध्यात्मिक ज्ञान: उपेक्षित तर अमूल्य जीवनशिक्षा - Nepal Eyes हामीमध्ये धेरैले आध्यात्मिक ज्ञानलाई जीवनको उत्तरार्धसँग जोडेर हेर्ने गर्छौं। सामान्यतया मानिसहरू सोच्ने गर....
26/06/2026
तर, सम्बन्धित पेशामा आबद्ध हुँदैमा मात्रै पीआर सुनिश्चित नहुने माइग्रेसन एजेन्टको भनाइ छ। अष्ट्रेलियाको अध्यागमन नियम अनुसार स्थायी बसोबासको प्रक्रियामा आवेदकको अंग्रेजी भाषाको दक्षता, शैक्षिक योग्यता ,कार्य अनुभव र उमेर जस्ता पक्षहरूले महत्वपूर्ण भूमिका खेल्छन्।
नेपालबाटै सिधै अष्ट्रेलियाको पीआर आवेदन दिन मिल्ने, दक्षता र अनुभव नै मुख्य आधार - Nepal Eyes काठमाडौँ । “उच्च शिक्षाका लागि नेपालीहरूको प्रमुख गन्तव्य बन्दै आएको अष्ट्रेलियामा अध्ययनका लागि मात्रै होइन, .....
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pyalong, VIC
Opening Hours
| Monday | 9am - 8pm |
| Tuesday | 9am - 8pm |
| Wednesday | 9am - 8pm |
| Thursday | 9am - 8pm |
| Friday | 9am - 8pm |
| Saturday | 9am - 8pm |
| Sunday | 9am - 8pm |