Freedom Student Unity
विद्यार्थीहरूले खाजा खाने एउटा क्यान्टिनमा सधैँ चाउमिन मात्र पाउँदा विद्यार्थीहरू वाक्क भएका थिए । चाउमिन मात्रै भएकाेमा 80 जनाले क्यान्टिनमा गुनासाे पाेखे । अब क्यान्टिनले हरेक दिन फरक फरक खाजा दिन तयार भयाे । तर 100 जना विद्यार्थी मध्ये 20 जनालाई भने चाउमिन धेरै मन पर्ने रहेछ । उनीहरु सधैँ चाउमिन पाएकाेमा खुशी हुन्थे । बाँकी 80 विद्यार्थी भने खाजामा परिवर्तन चाहन्थे। खाजाकाे विषयमा सधैँ विवाद हुन थाल्याे । विवाद बढेपछि खाजाको लागि चुनाव गर्ने निर्णय भयो । जुन खाजा धेरैले मन पराउछन् त्यही पकाउने कुरा भयो ।
ती 20 जना विद्यार्थी जसलाई चाउमिन प्यारो थियो, उनीहरूले चाउमिनमै भाेट हाले । बाँकी रहेका 80 जनाले कुनै सरसल्लाहबिना आफ्नाे रुचिले अलग अलग खाजामा भाेट हाले । मत परिणाम यस्तो आयो ।
चाउमिन 20
समाेसा 18
राेटी पराठा 17
पुरी तरकारी 16
म:म: 15
दही चिउरा: 14
सबै भन्दा धेरै भोट चाउमिनमा परेकोले त्यस क्यान्टिनमा आज पनि सधैँ चाउमिन मात्र बन्छ । चित्त नबुझे पनि बाकी 80 जना चाउमिन खान बाध्य छन् । परिवर्तन हुनु पर्यो भनेर गुनासो गर्न पनि छोडेका छैनन् ।
Lamki Multiple Campus, Lamki Kailali
Click here to claim your Sponsored Listing.