Himal Dahal - Yugpath
वैदेशिक व्यापार घाटा शुन्य भएको र चालु खर्चभन्दा विकास खर्च दोब्बर भएको दिनदेखि मात्र देश बन्न सुरु हुन्छ । देशको अन्तर्राष्ट्रिय छवि र हैसियत उँचो हुन्छ । अरु त अरु देशको पासपोर्ट पनि शक्तिशाली हुन्छ । त्यसको लागि उद्योग कारखानामा लगानी बढ्नुपर्छ र उद्योगलाई सरकारले विशेष सहयोग, अनुदान दिनुपर्छ । तर सरकार त व्यवशायीहरुबाट कसरी बढीभन्दा बढी कर असुलेर नेता पाल्ने भन्ने ध्याउन्नमा मात्रै छ । त्यसैले देश बन्ने दिशामा छँदै छैन ।
17/03/2023
आफू त चढ्नु चढ्नु, झण्डा बोकेरै चढेको देखेपछि भन्नैपर्छ "यो मन त हाम्रो नेपाली हो ।"
(क्रिकेट म्याच हेर्न पुगेका खेलप्रेमी नेपाली)
आम पत्रकार वा मिडियाको भन्दा बढी खोजपूर्ण भिडियोहरु बनाउने चर्चित भारतीय युट्युबर Dhruv Rathee आफूलाई पत्रकार हुँ भन्न योग्य ठान्दैनन् । भारतीय पत्रकार रविश कुमार उनको भनाईको खण्डन गर्छन् र भन्छन्, ‘योग्यता किन चाहियो, तपाइ तथ्यलाई पछ्याउँदै जति टाढासम्म जानुहुन्छ, त्यही तपाइको योग्यता हो ।’
मलाई दुवैको कुरा ठिक लाग्यो । तर म ध्रुवलाई पत्रकार मान्छु । किनकी उनले पत्रकारले भन्दा राम्रो काम गरेका छन् ।
भारतीय मिडियाले कभरेज नगरेका धेरै विषयमा ध्रुवले भिडियो बनाएका छन् । उनी विदेशमा बस्छन्, तर आफू बसेको ठाउँ सुरक्षाका कारण सार्वजनिक गर्न चाहँदैनन् । उनलाई एउटा भिडियो बनाउन दुई देखि तीन दिन लाग्छ । उनले युट्युबबाट केही पैसा कमाउँछन् भने सही र सत्य कुरा बाहिर आओस् भन्ने चाहने मानिसहरुलेसमेत उनलाई आर्थिक सहयोग गर्ने गर्छन् ।
full video : https://www.youtube.com/watch?v=gM4BnpbCGMw&t=9s
Man vs Wild का प्रस्तोता नेपालमा बन्जी हान्दै
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Telephone
Website
Address
Nepal
Itahari
56705