Bimal lama
18/10/2023
विजय दशमी, शुभ दीपावली, नेपाल संबत् ११४४ तथा छठ पर्वको उपलछ्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।।
12/09/2023
संविधान सभाका अध्यक्ष, शालिन ब्यक्तित्व तथा नेकपा एमालेका वरिष्ठ नेता सुवाष नेम्वाङ प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। थोरै नेताको प्रस्थानले मात्रै मन दुखाउँछ उहाँ त्यो भित्र पर्नु हुन्छ ।।
06/02/2023
राजनीतिको बिचार धार्मिक चित्तताको बिचारले हुनुपर्दछ। राजनीति चिरा चिरा परेको होइन, त्यसमा स्पस्ट राम्रो पेन्टिङ भएको हुनुपर्दछ, जसमा द्रोह र क्लेश पटक्कै नहोस। पार्टी मै भएपनि पार्टी भन्दा माथि उठी समाजको हित बारेको चिन्तन सधैं रहोस।
यही हो भित्र मनको राजनीति ,गलत काम कहिले नगर्नु, केही गरि भैदिएमा त्यसको आत्म आलोचना गर्ने बानी बसाल्नु पर्दछ।
राजनीतिमा छोटो समय बिताए भन्दा भन्दै १२ वर्ष भएछ , अनि केही बुझे जस्तो ,धेरै नबुझे जस्तो, कतै अल्मलिएँ जस्तो , कोई फाइदाको लागि लिसो झै टास्सिने, कोई अब यो बाट फाइदा हुँदैन भनेर तर्किने , सँगै हातेमालो गरेको साथीहरु मुन्टो बटार्ने, कोई यता उता यता जाऊ भन्दै हतारिने , क्या गजबको ठाउँमा हाम फलिएछ धेरै लाई त्यही हाम्फाल्न मन छ तर ती सबै त्या भित्र हामफालेको हरुलाई हिलो हालेर पूर्न खोज्दै छन्। देशको राजनीति यस्तो भइदियो गर्दा नराम्रो नगर्दा झनै नराम्रो ।।।। ।।। 😡🤔🤔🤔🤔 वाह क्या राजनीति 🤔🤔🤔🤔
आदरणीय बूढानीलकण्ठ ११ कपन को सम्पूर्ण आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो न्यानो अभिवादन नमस्कार, यहाँहरुको अमूल्य मतदान बाट २०७४ को निर्वाचन मा यस वडा बाट वडा सदस्य पदमा निर्वाचित भई आफ्नो माटो को सेवा गर्न र यहाँको नागरिकहरूको सुख दुःख मा साथ दिन मौका दिनु भएको सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता साथै ऋदय देखिै धन्यवाद ज्ञापन प्रकट गर्दछु, यो ५ वर्षको कार्यकालमा मिठा तिता अनुभवका साथ मा मेरो पदीय हैसियतले ,मेरो अधिकारले दिए सम्मको काम कहीं कतै विचलित नभई कर्तव्यनिष्ट भई कार्य गर्ने प्रयास गरेको छु यस बीच मा कार्य सम्पादन गर्ने क्रममा जानेर नजानेर कहीं कतै कसैको पनि चित्त दुखाएको र केही भूल भएको छ भने सिक्ने सिकाउने क्रममा गल्ती भएको भनी माफ गरिदिन अनुरोध गर्दछु, यो अवधिमा बोलेको केही विकास निर्माणका काम सम्पन्न गरेको छु ,केहि काम भइरहेको छ ,र केही विविध कारणले गर्न सकेको छैन , साथै ११ नं वडाको प्रतिनिधित्व गरिरहँदा केही सोचहरुलाई अभियानको रुपमा बदली सामाजिक र आर्थिक विकास गर्न सकिन्छ भन्दै गर्दा यसमा उल्लेखनीय कार्य गर्न नसकेको मा क्षमाप्राथी छु। ५ वर्ष काम गर्ने क्रममा मैले विश्वासको साथमा भन्नु पर्दछ, की सही ठाउँमा सही मान्छे ले स्थान पाउने हो भने परिवर्तन हाम्रो पाला नै सम्भव हुनेछ हामीले सोचेको जस्तो गाउँ बस्ती टोल बन्नेछ भन्दै मेरो यो कार्यकाल मेरो लागि जीवन धेरै काम गर्न को लागि रहेछ भन्ने सिकाउने platfom बनेको छ त्यसैले म पद मा भए पनि नभए पनि यो गाउँको विकास, माटोको माया र यहाँको नागरिकहरूको हरेक सुख दुःख मा साथ मा हुनेछु । र अन्तमा मेरो कार्यकाल र काम को मुल्यकन यहाँ हरुले गर्नु भएको छ र गर्नुहुनेछ भन्दै मलाई यो काम गर्ने अवसर दिने मेरो पार्टी, नेता गण,सहयोद्धा मित्रहरू ,यहाँको नागरिकहरु, मेरो आफन्तहरू साथीभाईहरू सबैलाई पुन धन्यवाद दिन चाहन्छु।
Click here to claim your Sponsored Listing.