Routine Of School Banda

Routine Of School Banda

Share

18/06/2026

📚🌍 आजको GK Challenge! 🌍📚

विश्वको सबैभन्दा होचो भूभाग कुन हो? 🤔

A. सहारा मरुभूमि
B. मृत सागरको किनार
C. तिब्बती पठार
D. अमेजन बेसिन

👇 कमेन्टमा आफ्नो उत्तर लेख्नुहोस्, Google नगरी! 😄

🎯 सही उत्तर भिडियोको अन्त्यमा छ।

📖 लोक सेवा, शिक्षक सेवा, सेना, प्रहरी, बैंक तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूका लागि उपयोगी GK।

🔥 साथीहरूलाई पनि Mention गर्नुहोस् र उनीहरूको ज्ञान परीक्षण गर्नुहोस्।

✅ दैनिक GK, Current Affairs र आयोग तयारी सामग्रीका लागि
ROUTINE OF SCHOOL BANDA पेज Follow गर्न नभुल्नुहोस्।

📚✨

06/03/2026

देशको माया के हो, अहिलेसम्म नसुति चुनाबको अपडेट हेर्नेलाई सोध । 😌

12/12/2025

अभिभावकहरुले कहिलेकाहीँ आफ्ना केटाकेटीको मोबाइलमा google, chrome, opera mini आदि ब्राऊजरहरुको history चेक गर्नु भएको छ? मेसेन्जर, इन्स्टाग्राम, snapchat, whatsapp आदिको chat history हेर्ने गर्नु भएको छ?
बिहान उठ्न किन अल्छी गर्छ बुझ्नु भएको छ? अन्य शारीरिक क्रियाकलाप भन्दा धेरै डिजिटल दुनियामा किन मग्न हुँदै गइरहेको छ जान्ने कोसिस गर्नु भा'को छ? यदि छैन भने यी कुराहरु तत्काल गरिहाल्नुस्। नत्र पछुताउनु पर्ने हुन सक्छ।

माफ गर्नुहोला मैले तपाईंहरुका केटाकेटीको माथि उल्लेखित सबै कुराहरु तपाईंको अनुमति बिनै खोजेको छु। जे देखें, जे भेटें त्यसले मलाई निशब्द बनायो। आश्चर्य र भय दुवैले एकैसाथ पिरोल्यो। तपाईं हामीलाई सधैँ बच्चा लाग्ने हाम्रा छोराछोरी हुर्किसकेछन्। तपाईं हामीले सोचेभन्दा धेरै परिपक्क भइसकेछन्। त्यसैले मैले धेरै केटाकेटीको मोबाइल नियन्त्रणमा लिएको पनि छु।

यति बुझ्नुस् कि मोबाइल र इन्टरनेटको अनियन्त्रित प्रयोगले तपाईं हाम्रा केटाकेटी नराम्रो भड्खालोतिर निर्देशित भइरहेका छन्। कृपया यो विषयलाई गम्भीरतापूर्वक लियौं र तत्काल action मा आउँ। सम्झाउन पर्ने हो कि, फकाउनु पर्ने हो कि, डर देखाउनु पर्ने हो या दुईचार झापड लगाउनु पर्ने हो, गरौँ। हाम्रा छोराछोरी हुन्, हाम्रो अधिकार छ।
- माड्साब

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu