JCI Birendranagar

JCI Birendranagar

Share

20/01/2026
28/09/2025

Wishing a very Happy Dashain 2082 to all members of Birendranagar Jaycees, Junior Jaycees, respected Past Presidents, and the entire Nepal Jaycees family. May this auspicious festival bring unity, peace, prosperity, and everlasting happiness to you and your loved ones.

JC Dilip Jung Shahi
President -2025
Birendranagar Jaycees

Photos from JCI Birendranagar's post 28/07/2025

वीरेन्द्रनगर जेसिज ले एक असल सफल नेतृत्व गुमाएको छ जहाँ बिरेन्द्रनगर जेसिज वर्ष २०२५ तथा वीरेन्द्रनगर जेसिज परिवार स्वर्गीय वीरेन्द्रनगर जेसिज वर्ष १९८२ का अध्यक्ष जेसी भीमप्रसाद सापकोटा ज्यूको निधनप्रति स्तब्ध र गहिरो संवेदना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै परिवारजनमा धैर्यधारण को शक्ति प्रदान ईश्वरी गरोस् भनी कामना गर्दछौं॥

22/07/2025

वीरेन्द्रनगर जेसिज वर्ष १९८२ का अध्यक्ष जेसी भीमप्रसाद सापकोटाज्यूको असमायिक निधनले वीरेन्द्रनगर जेसिज परिवार स्तब्ध भएको छ साथै उहाँको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै सोकाकुल परिवारजनहरूप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।
सम्पूर्ण वीरेन्द्रनगर जेसिज परिवार

Photos from JCI Birendranagar's post 18/05/2025

वीरेन्द्रनगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगर जेसीजको आयोजनामा तथा मेटलाइफको सहकार्यमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा शनिबार आयोजित उक्त शिविर विहान ८ बजे सुरु भई साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।

शिविरको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले रक्तचाप र सुगर परीक्षण गरेर गर्नुभएको थियो। कार्यक्रममा कुल ३५३ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गरेका छन्।

शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। नाक, कान, घाँटी रोग विशेषज्ञ डा. पारस पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. कृतिका थापा, जनरल फिजिसियन तथा सर्जन डा. कुलराज शाही, डेन्टल तथा अर्थोडेन्टिस्ट डा. सुरक्षा सिंह ठकुरीले बिरामीको चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराएका थिए।

कार्यक्रमका संयोजक श्याम कुमार थापाका अनुसार दुर्गम बस्ती झुप्रा तथा गिरिघाट क्षेत्रबाट विरामीहरूलाई ल्याउन र स्वास्थ्य सेवा प्राप्त गरेपछि पुनः फर्काउनका लागि बसको विशेष व्यवस्था गरिएको थियो। यसले दुर्गम क्षेत्रका नागरिकहरूलाई समेत स्वास्थ्य सेवामा पहुँच सहज बनाएको छ।

प्रेसर तथा मधुमेहका बिरामीहरूलाई १ देखि ३ महिनासम्म पुग्ने औषधि निःशुल्क वितरण गरिएको जानकारी थापाले दिनुभयो।

मेटलाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरिएको मेटलाइफ सुर्खेत शाखाका प्रमुख दिलीपजंग शाहीले जानकारी दिनुभयो। उहाँले आगामी दिनहरूमा पनि समाजमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरूमा मेटलाइफको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा सेवाग्राहीहरूले राम्रो सेवा पाएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यहरू निरन्तर गरिरहने प्रतिबद्धता जनाएको छ।

Photos from JCI Birendranagar's post 17/05/2025

Successful conducting a grand One Day Health Camp organized by Birendranagar Jaycees and collaboration with MetLife American Life Insurance Company thanks to all of you for your support.

14/05/2025

अाउनुहाेस्
निशुल्क स्वास्थ्य परीक्षण गर्नुहाेस् ।

Want your organization to be the top-listed Non Profit Organization in Surkhet?
Click here to claim your Sponsored Listing.

Address

Birendranagar
Surkhet
21700