Health Office, Pyuthan

Health Office, Pyuthan

Share

Photos from Health Office, Pyuthan's post 21/05/2026

@आ.ब. २०८२/२०८३ को लागि मिति २०८३/०२/०७ गते नौबाहिनी गाउँपालिकालाई "पुर्ण खोप सुनिश्चितता दिगोपना पालिका" घोषणा गरिएको छ । ५ बर्ष मुनिका सबै बालबालिकाहरुले १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोपहरु पाएको सुनिस्चित गरि जिल्ला खोप समन्वय समितिले नौबाहिनी गाउँपालिकालाई यस आर्थिक बर्षको पुर्ण खोप सुनिश्चितता दिगोपना पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो । नौबाहिनी गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितीका अध्यक्ष श्री दिल बहादुर ज्युको अध्यक्षता, जि.स.स. प्युठानका प्रमुख धरम बहादुर जि. सी.ज्युको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खड्क बि.क. ज्यु, ६ वटै वडाका अध्यक्ष ज्युहरु, कार्यपालिका पदाधिकारी ज्युहरु, स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ , खोप अधिकृत Madhu Khadka , स्वास्थ्य शाखा प्रमुख Rishiram Sharma , खोप फोकल पर्सन Koshal Raj Baidya, स्वास्थ्य शाखाका MNH Focal person, Yashoda Baidya , जनस्वास्थ्य अधिकृत, ६ वटै वडा स्वास्थ्य सँस्थाका प्रमुखहरु, मातृशिशु र खोपसेवा प्रदान गर्नुहुने स्वास्थ्यकर्मिहरु लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको स्वास्थ्य कार्यालय प्युठान का फोकल पर्सन कोशल राज बैद्द्यले जानकारी दिनु भएको छ ।

Photos from Health Office, Pyuthan's post 20/05/2026

आ.ब. २०८२/२०८३ को लागि मिति २०८३/०२/०६ गते ऐरावती गाउँपालिकालाई "पुर्ण खोप सुनिश्चितता दिगोपना पालिका" घोषणा गरिएको छ । ५ बर्ष मुनिका सबै बालबालिकाहरुले १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोपहरु पाएको सुनिस्चित गरि जिल्ला खोप समन्वय समितिले ऐरावती गाउँपालिका लाई यस आर्थिक बर्षको पुर्ण खोप सुनिश्चितता दिगोपना पहिलो पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो । ऐरावती गाउँपालिका उपाध्यक्ष / पालिका खोप समन्वय समितका अध्यक्ष श्री कृष्ण प्रसाद श्रेष्ठ ज्युको अध्यक्षता, जि.स.स. प्युठानका प्रमुख धरम बहादुर जि. सी.ज्युको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा वडा अध्यक्ष ज्युहरु, महिला स्वास्थ्य स्वयंसेवकहरु , कार्यपालिका पदाधिकारी ज्युहरु, स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, वडाका अध्यक्षहरु, स्वास्थ्य शाखाका निमित्त प्रमुख Sher S. T. Magar , खोप फोकल पर्सन Koshal Raj Baidya, ऐरावती स्वास्थ्य शाखा प्युठान का पब्लिक हेल्थ नर्स सर्मिला रावत, जनस्वास्थ्य अधिकृत Puza Rawat, ६ वटै वडा स्वास्थ्य सँस्थाका प्रमुखहरु, मातृशिशु र खोपसेवा प्रदान गर्नुहुने स्वास्थ्यकर्मिहरु लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको स्वास्थ्य कार्यालय प्युठान का फोकल पर्सन कोशल राज बैद्द्यले जानकारी दिनु भएको छ ।

Photos from Health Office, Pyuthan's post 20/05/2026

आ.ब. २०८२/२०८३ को लागि मिति २०८३/०२/०६ गते प्युठान नगरपालिकालाई "पुर्ण खोप सुनिश्चितता दिगोपना पालिका" र "पुर्ण सस्थागत प्रसुती सेवा सुनिश्चितता दिगोपना वडा न १ र ९" घोषणा गरिएको छ । ५ बर्ष मुनिका सबै बालबालिकाहरुले १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोपहरु पाएको सुनिस्चित गरि जिल्ला खोप समन्वय समितिले प्युठान नगरपालिकालाई यस आर्थिक बर्षको पुर्ण खोप सुनिश्चितता दिगोपना पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो । प्युठान नगरपालिका अध्यक्ष / पालिका खोप समन्वय समितका अध्यक्ष श्री बिस्नु बहादुर योगि ज्युको अध्यक्षता, जि.स.स. प्युठानका प्रमुख धरम बहादुर जि. सी.ज्युको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा वडा अध्यक्ष ज्युहरु, महिला स्वास्थ्य स्वयंसेवकहरु , कार्यपालिका पदाधिकारी ज्युहरु, स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख गोबिन्दराज घिमिरे, खोप फोकल पर्सन Koshal Raj Baidya , दधिराम सुबेदि, बसन्ता अधिकारी , स्वास्थ्य सस्थाका प्रमुखहरु, मातृशिशु सेवा, खोपसेवा प्रदान गर्नुहुने स्वास्थ्यकर्मिहरु लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको स्वास्थ्य कार्यालय प्युठान का फोकल पर्सन कोशल राज बैद्द्य ले जानकारी दिनु भएको छ ।

Photos from Health Office, Pyuthan's post 19/05/2026

स्वास्थ्य कार्यालय प्युठानबाट सामुदायिक बिधालयहरुमा किशोरीको रक्तपरीक्षण कार्यक्रम अन्तर्गत यो आर्थिक बर्ष २०८२/२०८४ को रक्त अल्पता स्क्रिनिङ्ग कार्यक्रम गौमुखी गाउँपालिकाको खरा मा. वि. रजबारामा आज देखि (किशोरीहरु (१०-१९बर्षका) को रक्तअल्पता परिक्षण र ब्यबस्थापन शिबिर) संचालन भएको छ । सो स्क्रिनिङ्ग कार्यक्रम बाट १०-१९ बर्षका किशोरीहरुको रक्त अल्पताको अबस्था पत्ता लागि पोषिलाे र स्वस्थकर खाना खाने बानी व्यबहारमा परिबर्तन ल्याउन, किशोरीहरुलाई बर्षको २ पटक आइरन चक्की खान उत्प्रेरित गर्नका साथै अबस्था पहिचान गरि स्थानीय, प्रदेश तथा संघीय पोषण सम्बन्धि पोषण कार्यक्रम अनुगमन र योजना तर्जुमामा सहयोग मिल्ने स्वास्थ्य कार्यालयका फोकल पर्सन Koshal Raj Baidya ले बताउनु भएको छ । कार्यक्रम संचालन तथा ब्यबस्थापन स्वास्थ्य कार्यालय प्युठान का ल्याब शाखा प्रमुख Dor Bahadur Khadka ले गरिरहनु भएको छ ।

Photos from Health Office, Pyuthan's post 19/05/2026

गौमुखी गाउँपालिकाको रजबारा समुदायमा परिवार नियोजन , मातृ तथा नवशिशु स्वास्थ्य तथा महामारी जन्य रोग नियन्त्रण सम्बन्धि जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रबर्द्धन तथा अन्तर्कृयात्मक कार्यक्रम आज संचालन भएको छ । कार्यक्रममा जोखिममा रहेका समुदायका नागरिकहरु, आमा समुह सदस्य, महिला स्वास्थ्य स्वयंसेवक, जनप्रतिनिधि, संचारकर्मी, स्वास्थ्यकर्मी लगायत सरोकारवाला नागरिकको सहभागिता रहेकोे छ । कार्यक्रमबाट परिवार नियोजन , मातृ तथा नवजात शिशु स्वास्थ सेवा सुदृढीकरणका साथै मौसम परिबर्तन सहित देखा पर्ने महामारीजन्य रोग रोकथाममा सहयोग हुने अपेक्षा गरिएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय प्युठान का फोकल पर्सन Koshal Raj Baidya र गौमुखी गाउँपालिका स्वास्थ्य शाखाबाट हरि जैशी र केशव के.सि. ले गरिरहनु भएको छ ।

Want your business to be the top-listed Health & Beauty Business in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Address

Pyuthan
Pyuthan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00