Tangting Basketball Team.
29/05/2026
मादी गा.पा -२ ताङतिङ निवासी लामो समय देखि ताङतिङ युवा क्लबको कोषाध्यक्षको पदमा रही महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आउनु भएका श्री चित्रमान गुरूङ ज्यू उहाको कार्यव्यस्तताका कारण उक्त जिम्मेवारीबाट बिदा हुनुभएको छ । उहाँको अथक मेहनत, साथ र योगदान सधैं हामी सबैका लागि प्रेरणाको स्रोत रहीरहनेछ। उहाँले निभाउनुभएको जिम्मेवारी र देखाउनुभएको प्रतिबद्धता हामी कहिल्यै बिर्सने छैनौ। साथै उहाको वैदेशिक यात्रा सफल रहोस् ।
धेरै-धेरै धन्यवाद 🙏🏻🙏🏻
Chitraman Gurung
सूचना !! सूचना !! सूचना !!
प्रस्तुत विषयमा ताङतिङ कल्याणकारी कोषको संरक्षणमा र ताङतिङ युवा क्लबको आयोजनामा सु-सम्पन्न भएको ३२औ ताङतिङ चैत्र मेला २०८२ विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको सार्वजनिक सुनुवाई (आयव्याय प्रस्तुत) तथा समिक्षा बैठक निम्न मिति समय र स्थानमा हुने हुदा युवा क्लवका पदाधिकारीज्यूहरू, सम्पूर्ण दाजुभाई दिदीबहिनी र क्लबका शुभचिन्तकज्यूहरू तथा अग्रजहरूमा यहॅाहरूको गरिमामय उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौ।
मिति -२०८३ जेठ १३ गते बुधबार
समय -बिहान ८ बजे
स्थान -ताङतिङ सभा आगन
मादी गा.पा-२, ताङतिङ
प्रार्थी
ताङतिङ युवा क्लब
Tangting chaitramela 2082
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara
37000