Devdaha wado-Ryu karate -Do Academy

Devdaha wado-Ryu karate -Do Academy

Share

03/06/2026

नेपाल कराँते महासंघ रूपन्देहीका जिल्ला उपाध्यक्ष एवं कार्यवाहक अध्यक्षआदरणीय गुरु बुद्ध महर्जन ज्यूलाई आज परेको शुभ जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा शुभकामना।

23/05/2026

** नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशको कार्यक्रम सम्पन्न**

आज मिति २०८३ साल जेठ ९ गते नेपाल वादोरियो कराते डो संघद्वारा आयोजना हुने पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका खेलाडी छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ

कार्यक्रमका सभापति नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष श्री शोभाखर पन्था रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा फोर सिजन बार एण्ड रिसोर्टका सञ्चालक तथा समाजसेवी श्री बादल पाण्डे उपस्थित रहनुभएको थियो।

त्यस्तै, रेफ्री संयोजक श्री मनिष रोका मगर को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रम संयोजक श्री सागर काफ्ले ले कार्यक्रममा उपस्थित सम्पूर्ण खेलाडीहरूलाई हार्दिक स्वागत गर्दै एक प्रेरणादायी मन्तव्य दिनुभएको थियो। उहाँले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नुभयो।

कार्यक्रममा कराँते खेलको विकास, आत्मरक्षा, अनुशासन र युवा सशक्तिकरणका विषयमा विशेष चर्चा गरिएको थियो। सहभागी खेलाडीहरूले उत्साहपूर्ण रूपमा आफ्नो प्रदर्शन प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले खेलकुदको विकाससँगै युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Want your business to be the top-listed Gym/sports Facility in Khaireni?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Khaireni

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00