PRO Photography
05/07/2026
हार्दिक आभार
राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजे नेपालद्वारा सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजित तीनदिने फोटोपत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएकोमा अत्यन्त खुसी छु।
यस महत्वपूर्ण कार्यक्रम सफल बनाउन आर्थिक तथा संस्थागत सहयोग प्रदान गर्नुहुने सूचना तथा सञ्चार मन्त्रालय, तालिम सञ्चालनका लागि उत्कृष्ट वातावरण उपलब्ध गराउनुहुने द ब्रिटिस कलेज, थापाथली, प्रशिक्षक शुनिल सि वज्रचार्य, प्रमुख अतिथि वरिष्ठ फोटोपत्रकार मिनरत्न वज्रचार्य प्रति हार्दिक आभार व्यक्त गर्दछु।
विशेष रूपमा कार्यक्रमलाई सफल बनाउन अथक मेहनत गर्नुहुने संस्थाका महासचिव तथा कार्यक्रम संयोजक घनश्याम श्रेष्ठ, कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर, सम्पूर्ण केन्द्रीय कार्यसमिति, अन्य सदस्य तथा एनएफपिजे नेपाल परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।
तीन दिनसम्म उत्साहका साथ सहभागिता जनाई तालिम सफल बनाउन योगदान पुर्याउनुहुने ६० जना सहभागी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजे नेपाल आगामी दिनहरूमा पनि फोटोपत्रकारहरूको क्षमता अभिवृद्धिका लागि एआई, ड्रोन फोटोग्राफी, भिडियोग्राफी तथा एडभान्स फोटोग्राफीलगायतका गुणस्तरीय तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
प्रदीपराज वन्त
अध्यक्ष
राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजे नेपाल
25/06/2026
सिक्ने सिकाउने क्रम जारी
काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम मा प्रशिक्षकको रूपमा आफ्नो अनुभव र ज्ञान बाँड्न पाउँदा अत्यन्त खुसी लागेको छ।
यस अवसरका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत सम्पूर्ण आयोजकप्रति हार्दिक धन्यवाद।
तालिममा सहभागी सबै प्रशिक्षार्थीहरूलाई आगामी व्यावसायिक यात्राको हार्दिक शुभकामना। तपाईंहरूको सिर्जनात्मकता र सीपले नेपाली चलचित्र, सञ्चार र दृश्य–कला क्षेत्रलाई अझ समृद्ध बनाओस्। फोटो ः वद्री थापा
20/06/2026
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाद्वारा आयोजित “फोटोग्राफी तथा डिजिटल मार्केटिङ तालिम” मा फोटोग्राफी प्रशिक्षकको भूमिकाको लागि महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीज्यू लगायत सम्पूर्ण कार्यसमिति परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
युवाहरूलाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा प्रशिक्षकको रूपमा सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय, गोदावरी नगरपालिका, आयोजक संस्था तथा सम्पूर्ण सहभागी प्रशिक्षार्थीहरूप्रति पनि विशेष आभार व्यक्त गर्दछु।
प्रदीप राज वन्त
अध्यक्ष, राष्ट्रिय फोटो पत्रकार समूह
फोटोपत्रकार, रासस
18/06/2026
https://pradeskhabar.com/archives/123236
कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६ बाट फोटोपत्रकार वन्त सम्मानित काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष ...
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kamaldi, Katmandu
Kathmandu
977