Taaja Update

Taaja Update

Share

15/10/2025

Today man of the match Gulshan jha

15/10/2025

Nepal team is best performance of the this tournament

Photos from Taaja Update 's post 15/10/2025

. Nepal won the 38 run

14/10/2025

काठमाडौंका मेयर बलेन् शाहले किसान लाई फोहोरी किसान भनेपछि किसान महासँले आपति जनाएको छ

13/10/2025

Today mach the man of the mach Sandip lamichhane

Photos from Taaja Update 's post 13/10/2025

नेपालले कतारलाई 5 रन ले पराजित गरेको छ
सन्दिप लामिछानेले 4 विकेट लिएर खेललाई बढो रोमाञ्चक बाएको छन्

13/10/2025

Nepalle Quatar Lai 148 ko target diyako xa

13/10/2025

विपिन जोशीबारे इजरेलबाट खबर आउँदा उनको घरमा ताल्चा लागेको थियो
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
कञ्चनपुरस्थित विपिन जोशीको घर
तस्बिरको क्याप्शन,विपिन जोशीका बुवा ताल्चा लगाएर सोमवार बिहानै आफन्तकहाँ श्राद्धमा
Article Information
Author,हिक्मतबहादुर रावल
Role,भीमदत्त नगरपालिका, कञ्चनपुर
४ घण्टा पहिले
हमासले दुई वर्षअघि इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशीबारे सोमवार बिहान इजरेलले परिवारजनलाई खबर गर्दा कञ्चनपुरस्थित उनको घरमा ताल्चा लागेको थियो।

भीमदत्त नगरपालिका-३ विचपुरी माल्लिकार्जुन टोलमा विपिनको एकतले पक्की घर छ। बीबीसी न्यूज नेपाली बिहान त्यहाँ पुग्दा जोशीको घरमा कोही थिएनन्।

विपिन जोशीको विषयमा अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउन केही समयअघि इजरेल पुगेर फर्केका उनकी आमा पद्मा र बहिनी पुष्पा हाल अमेरिका गएका छन्। विपिनका बुवा महानन्द जोशी सोही नगरपालिकाको वडा नं १ बारकुण्डुमा बस्ने आफन्तको घरमा श्राद्धकर्ममा व्यस्त थिए।

हमासको नियन्त्रणबाट २० बन्धक मुक्त, विपिन जोशी 'जीवित रहेको कुनै प्रमाण फेला परेन'
१ घण्टा पहिले
विपिन जोशी बेपत्ता भएको दुई वर्ष, परिवार भन्छ, 'पर्खाइमा छौँ'
७ अक्टोबर २०२५
हमासले सोमवार जीवित २० बन्धकहरू इजरेललाई हस्तान्तरण गरेको छ। हमासको नियन्त्रणमा ४८ बन्धक भएको ठानिएको थियो। तीमध्ये जीवित २० र मृत २६ जनाको सूची इजरेललाई उपलब्ध गराएको थियो। तर विपिन जोशी र अर्का एक इजरेलीको नाम दुइटै सूचीमा थिएन।

त्यसपछि इजरेली सेनाले इजरेलस्थित नेपाली राजदूत र जोशीका आफन्तलाई "उनी जीवित रहेको कुनै प्रमाण फेला नपरेको र शव पनि नभेटिएको" जानकारी दिएको नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका थिए।

Skip धेरै पढिएको and continue reading
धेरै पढिएको
विपिन जोशीको तस्बिर
विपिन जोशीको शव आजै बुझाउने हमासको भनाइ, परिवारले भन्यो- 'नराम्रो खबर'

मतदान गरेको सङ्केतस्वरूप एक मतदाताको औँलामा मसी लगाइदिँदै एक कर्मचारी
देशभित्रै हुँदा पनि मतदानबाट वञ्चित हुनेहरूको सङ्ख्या 'ठूलो', उनीहरूबारे चासो 'नगण्य'
इजरेली प्रधानमन्त्रीसँग डोनल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्प इजरेलमा, सर्वोच्च नागरिक पदक दिइने घोषणा
End of धेरै पढिएको
अक्टोबर २०२३ मा हमसाले इजरेलमा गरेको अप्रत्याशित आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो। त्यस क्रममा लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए।

नेपालीहरू इजरेल जाने 'लर्न एन्ड अर्न' कार्यक्रम के हो
११ अक्टोबर २०२३
हमासका लडाकुहरूले इजरेलमा किन गरे भीषण आक्रमण
१२ अक्टोबर २०२३
'आस अझै छ'
विपिन जोशीका छिमेकीहरू
तस्बिरको क्याप्शन,विपिन जोशीका छिमेकीहरूले उनी जीवित भएको प्रमाण नभएको भन्ने खबर सुनेर मर्माहत भएको बताएका छन्
बन्धकहरू मुक्त हुन थालेका खबरबीच विपिन जोशी जीवित फर्किन्छन् कि भन्ने झिनो आशा अझै बाँकी रहेको परिवारका सदस्यले बीबीसीलाई बताएका छन्।

इजरेली सेनाले सोमवार बिहान विपिनबारे सामूहिक रूपमा कलमार्फत् जानकारी गराउँदा नेपाली राजदूत धनप्रसाद पण्डितका साथै बहिनी पुष्पा जोशी र ठूलोबुवाका छोरा किशोर जोशी पनि थिए।

किशोर जोशीले भाइ फर्कने आस मारिनसकेको बताए।

"अझै आशा छ। बिहानदेखिको समाचारले तनाव भएको छ। परिवार पीडामा पनि छ, तर हामो विश्वास अझै फर्केर आउँछ भन्ने छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

भीमदत्त नगरपालिका-३ का वडाध्यक्ष गगन सिंह धामीले विपिनबारे सोमवार बिहान खबर सुनेर दुःखी भएको बताए। "आज बिहान १० बजेतिर जुन समाचार आयो, त्यसबाट हामी सबै एकदमै दुःखी र निःशब्द भएका छौँ," उनले भने।

"विपिन जीवितै छन् भनी हिजोअस्तिका केही समाचारहरू सुनेर घरपरिवार र वडावासी आशावादी थियौँ। यसपालि तिहारमा आउलान् र स्वागत गर्न पाइएला भन्ठानेका थियौँ।"

इजरेली रक्षा प्रणाली पार गर्न हमासले प्रयोग गरेको दोस्रो विश्वयुद्धकालीन अस्त्र
१२ अक्टोबर २०२३
खरबुजा कसरी प्यालेस्टिनीहरूको प्रतीक बन्यो
१७ नोभेम्बर २०२३
'मेहनती थिए विपिन'
हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको भिडिओको स्क्रीनशटमा विपिन जोशी
तस्बिर स्रोत,The Hostages Families Forum/Handout via REUTERS
तस्बिरको क्याप्शन,हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको भिडिओमा जोशीले आफ्नो परिचय दिएको देखिन्छ
विपिनको हकमा केही चमत्कार होला कि भनी आस अझै मरिनसकेको वडाध्यक्ष धामीले सुनाए।

"कतै जीवितै छन् कि भनेर परिवार र हामी सबैमा अझै पनि झिनो आशा छ। हाम्रो आशा मरिसकेको छैन," उनले भने।

छिमेकी तलसा वस्ती विपिनलाई एक असल युवाको रूपमा सम्झन्छिन्।

"सानैदेखि लगनशील र ज्ञानी थियो। बच्चालाई पढाउनुपर्छ भन्थ्यो।मेरै कलेजको परीक्षा कसरी पढ्नुपर्छ भनी सिकाउँथ्यो," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

अर्का छिमेकी हरि भण्डारीले विपिनबारे खबर सुनेर वडावासी सबै दुःखी बनेको बताए। "अब के भन्ने शब्द नै छैन," बीबीसीसँग उनले भने।

कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले विपिन जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो, तर उनको अवस्थाबारे केही खुलाइएको थिएन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।विपिन जोशीबारे इजरेलबाट खबर आउँदा उनको घरमा ताल्चा लागेको थियो

हाम्रो राजाको भनाई

Want your business to be the top-listed Realtor/realty Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu