Truth Lens
OnlineKhabar
नेपालले PEC द्विपक्षीय सम्झौताअनुसार विद्युत् निर्यातबाट मुनाफा कमाइरहेको छ
काठमाडौँ, कात्तिक २०८२ – केही मिडियाले, जस्तै Onlinekhabar, लेखेका थिए कि नेपालले भारतमा विद्युत् निर्यात गर्दा घाटा बेहोरेको छ। तर नेपाल विद्युत् प्राधिकरण (ने. वि. प्रा.) का अनुसार, हरेक युनिट विद्युत् PEC (Power Exchange Committee) द्विपक्षीय सम्झौताअनुसार मात्र बिक्री हुन्छ र घाटाको कुनै सम्भावना छैन।
PEC को १६ औँ बैठकले २०८२ का लागि आधिकारिक क्रस-बोर्डर दर तोकेको छ। १३२ केभी लाइनको दर प्रति युनिट ८.१० भारु (१२.९६ रुपैयाँ) छ भने ३३ केभी र ११ केभी लाइनका लागि क्रमशः ८.७८ भारु (१४.०४ रुपैयाँ) र ९.४१ भारु (१५.०५ रुपैयाँ) तोकिएको छ। उत्पादन र प्रसारण खर्च प्रतियुनिट करिब ६.४२ रुपैयाँ पर्छ र PEC दर अनुसार बेच्दा प्रतियुनिट करिब ६.५ रुपैयाँ मुनाफा सुनिश्चित हुन्छ।
भारतीय इनर्जी एक्सचेन्ज (IEX) प्लेटफर्म प्रयोग हुने र त्यस अनुसारकै दर निर्धारण हुने भनि OnlineKhabar ले लेखेको भए पनि त्यहाँको व्यापार PEC सम्झौताभित्रै हुन्छ। यसैले IEX मा बेच्दा पनि घाटा हुँदैन। तथ्यांकले देखाउँछ कि PEC द्विपक्षीय सम्झौताअनुसार हरेक युनिट निर्यात लगातार लाभदायक र नेपालका लागि स्थिर राजस्व सुनिश्चित गर्ने खालको छ।
25/10/2025
अनुमति नलिई माइतीघरमा प्रदर्शन, ५० जना Gen Z सदस्य पक्राउ
25/10/2025
Reliance to Comply with Western Sanctions on Russian Oil
25/10/2025
गृहमन्त्री आर्यालको पशुपतिनाथ दर्शनमा फैलिएको भ्रम: कोषले फोटोको वास्तविकता स्पष्ट पारे
25/10/2025
TRUTH LENS FACT CHECK
व्यवसायी दुर्गा प्रसाईंसहित केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत सुधन गुरुङले ३२ वर्षको उमेरमा मात्र नेपाली नागरिकता लिएको दाबी गरेका छन्।
तर TRUTH LENS द्वारा गरिएको तथ्य-जाँच अनुसार यो दाबी भ्रामक रहेको पाइएको छ।
TRUTH LENS को अनुसन्धानले पुष्टि गरेअनुसार सुधन गुरुङले २०७६ सालमा नयाँ नागरिकता होइन, पुरानो नागरिकताको दोस्रो प्रतिलिपि लिएका थिए।
उनीले पहिलो नागरिकता २०६१ सालमा, १७ वर्षको उमेरमै लिएका थिए।
तर सामाजिक सञ्जालमा प्रसाईंलगायत केही युट्युबर र व्यक्तिहरूले प्रतिलिपि (duplicate) मा देखिएको मिति देखाएर नयाँ नागरिकता लिएको भनेर प्रचार गरिरहेका छन्।
विशेषज्ञहरूको भनाइमा, प्रतिलिपिको मिति देखाएर नयाँ नागरिकता लिएको आरोप लगाउनु “जानाजान गरिएको गलत व्याख्या” हो।
सामाजिक सञ्जालमा यस विषयमा ठूलो चर्चा भइरहेको छ, र केही व्यक्तिहरूले यसमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग समेत गरिरहेका छन्।
TRUTH LENS निष्कर्ष
“सत्य तथ्य बुझेर मात्र विश्वास गरौं। प्रचार होइन, प्रमाणको पक्षमा उभिऔं।”
25/10/2025
TRUTH LENS FACT
एमाले नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका भतिजमाथि सेयर कारोबारमार्फत कर छल र सम्पत्ति शुद्धीकरण (money laundering) गरेको आरोप लगाउँदै फेसबुकमा पोस्ट गरेका छन्।
बस्नेतले दाबी गरेका थिए कि कुलमानका भतिजले करिब १ अर्ब रुपैयाँ बराबरको सेयर खरिद गर्दा कागजमा मात्र १९ करोड रुपैयाँको कारोबार देखाइएको छ, जसले आर्थिक अनियमितताको संकेत गर्छ।
तर TRUTH LENS द्वारा गरिएको तथ्य-जाँच अनुसार यो दाबी भ्रामक रहेको पाइएको छ । कम्पनीको आधिकारिक विवरणअनुसार कम्पनीको वास्तविक पूँजी ८८ करोड रुपैयाँ हो।
ICRA ले देखाएको ४४६.८ करोड रुपैयाँ भनेको कम्पनीको नगद वा सेयर मूल्य होइन, यो कम्पनीले बैंक वा वित्तीय संस्थाबाट लिन सक्ने अधिकतम क्रेडिट सुविधा (loan, working capital, guarantee आदि) हो । यो रकम कम्पनीको वित्तीय क्षमता र बैंकको विश्वासयोग्यताको सूचक हो, नगद रकम वा अवैध कारोबार होइन।
ICRA रिपोर्टलाई गलत अर्थ लगाएर कर छल वा सम्पत्ति शुद्धीकरणको प्रमाण ठान्नु पूर्ण रूपमा गलत बुझाइ हो ।
महेश बस्नेतको दाबी झुटो र भ्रम फैलाउने खालको छ। ICRA रिपोर्टको गलत व्याख्या गरेर जनतालाई गलत धारणा दिन खोजिएको छ जुन सरासर गलत हो ।
TRUTH LENS निष्कर्ष
सत्य तथ्यभन्दा प्रचार ठूलो हुँदैन। बुझेर लेखौं, प्रचार होइन प्रमाणमा बोलौं।
25/10/2025
प्रधानमन्त्री कार्कीको चासो: ह्यात होटलको सेवा बन्दबारे छलफल
25/10/2025
जेनजी आन्दोलनका क्रममा हराएका गोलीसहित दुई किशोर नियन्त्रणमा
25/10/2025
नेपाल बुझ्न नेवारहरूको वैज्ञानिक इतिहास बुझ्नै पर्छ’ : डा. बाबुराम भट्टराई
18/10/2025
मिराज ढुंगानाको प्रधानमन्त्री कार्कीलाई सन्देश — “यो केवल चुनावी सरकार होइन, जनताको म्याण्डेट पूरा गर्नुस्”
18/10/2025
पेरुमा पनि नेपालझैं जेन–जी आन्दोलन उग्र, राष्ट्रपति पद नछोड्ने अडानमा
18/10/2025
काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनासम्म प्रदर्शन गर्न निषेध
Click here to claim your Sponsored Listing.
Category
Website
Address
046400