Reli Films
11/01/2026
चरचित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
स्रोतका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज हृदयघातका कारण निधन भएको बताइएको छ।।
चर्चित ईन्डियन आइडल विजेता समेत रहेका तामाङ नेपालका पनि चर्चित गायक तथा अभिनेता हुन् ।
साझमा काठमाडौ,कमलपोखरी।
18/12/2025
सन् २०२५ को उत्कृष्ट ५ फिल्म:
अब सन् २०२५ सकिन केही दिन मात्रै बाँकी छ । यो वर्ष केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । विश्वजगतलाइ आश्चर्य पार्ने र सारा ध्यान कोरियाली फिल्म र फेशनमा केन्द्रित रहने ती विश्वको मानिसहरुले रोजेको फिल्महरु मध्य ५ वटा यो वर्षको उत्कृष्ट मानिएको फिल्म निम्न यसप्रकार छन:
१) व्हेन लाइफ गिव्स यू टेंजरिंग : आइएमडीबी रेटिङ ९.१
२) वीक हिरो : आइएमडीबी रेटिङ ८.४
३) द ट्रमा कोड- हिरो अन कल : आइएमडीबी रेटिङ ८.४
४) स्टडी ग्रुप : आइएमडीबी रेटिङ ८.२
५) वे ब्याक लभ : आइएमडीबी रेटिङ ८.१
10/12/2025
सन् २०२५ को हलिउडको १० उत्कृष्ट फिल्म:
आइएमडीबीले सन् २०२५ को हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक गरेको छ । बुधबार शीर्ष १० सूची सार्वजनिक गरेको हो ।
सूचीमा कुन कुन फिल्म छन् ?
१) सुपरम्यान
२) विपोन्स
३) सिन्नर्स
४) वन ब्याटल आफ्टर एनदर
५) जुरासिक वर्ल्ड रिबर्थ
६) फ्रान्केस्टाइन
७) ह्याप्पी गिलमोर २
८) थन्डरबोल्ट्स
९) मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ
१०) एफ वन
08/12/2025
जेम्स क्यामरुन निर्देशित फिल्म 'अवतार ३' यहि पुस ४ अर्थात १९ डिसेम्बर, २०२५ मा विश्वब्यापी प्रदर्शन तयारीमा छ ।
विश्वले नै पर्खिरहेको फिल्म ‘अवतार ३’ को एड्भान्स टिकट विक्री सोमबारदेखि नेपालमा सुरु भएको छ ।
05/12/2025
नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित अनि प्रतिष्ठित
फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ ।
नेट्फ्लिक्सले जनाए अनुसार ८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा किनेको हो।
शुक्रबार यी दुईले एक सम्झौताको घोषणा गरेका छन्।जसअन्तर्गत अब नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ ।
04/12/2025
खुशी सधै हजुरहरुको कायम रहोस् ।गीत भिडियो लिन्क: https://youtu.be/UfR92AyZSsM?si=7kEAwv53cEKdtyh7
24/11/2025
हार्दिक श्रद्धाञ्जली।
22/11/2025
पपस्टार विकेन्ड:
पुरुष एकल कलाकार तर्फको टूरले अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने रेकर्ड बनेको छ।
उनले सांगीतिक इतिहास रचेका छन् । विकेन्डको सांगीतिक टूर ‘आफ्टर आवर्स टिल डन’ ले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाइ गरेको छ ।
बिलबोर्ड म्यागजिनले जनाए अनुसार मेक्सिको, ब्राजिल, युरोप र बेलायतमा गायक-गीतकारले सन् २०२६ मा गर्न लागेका कन्सर्टमा अहिलेसम्म ७५ लाखभन्दा धेरै टिकट बिक्री भएको बताइएको छ ।
18/11/2025
नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा निर्माता तथा निर्देशक उदय सुब्बा निर्वाचित भएका छन् भने यसैगरी ,महासचिव खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । सम्पूर्ण नयाँ कार्यसमितिलाई relifilms.com को तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
यलम्बर किरात राजाले एकीकरण गरेको देश नेपाल।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600