Madan Kumar

Madan Kumar

Share

09/04/2026

विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता देखिएको, इजाजतपत्र नवीकरण बिना पसल सञ्चालनमा रहेकोजस्ता समस्या भेटिएपछि कृषि मन्त्री गीता चौधरीले कारबाही गर्ने चेतावनी दिएकी छन्

08/04/2026

माननीय सुरेन्द्र चौधरीले सदनमा थारूको चरित्रबारे बताउनुभयो। २००७ साल यता भएका क्रा'न्तिमा थारूहरूको सहभागिताका बारेमा बोल्नुभयो। थारू समुदाय भिख माग्ने जाति नभएको र यो देशमा अन्य नागरिकसरह बाँच्न पाउने अधिकार खोजेको भन्नुभयो।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उहाँले भन्नुभयो- स्वभावले कहिल्यै नमाग्ने जात थारू हो। झापादेखि कञ्चनपुरसम्म घुम्दा पनि मैले एक जना थारु भि'खारी वा भि'ख माग्दै गरेको भेटिनँ। सायद, तपाईंहरूले पनि देख्नुभएको छैन होला। थारुहरुले एकपटक माग्यो, त्यो २०७२ भदौ ७ गते थियो। जसलाई टीकापुर वि'द्रोहका रूपमा देखेका छौं। र, भोग्दै पनि आएका छौं। त्यो दिन उसले आफ्नो लागि होइन, देशको लागि माग्यो। उसले भन्यो, म पनि यो देशको नागरिक हुँ। नयाँ संविधान जारी हुँदै गर्दा देश निर्माणको बाटोमा हामी पनि हिंड्न पाउँ भन्यो। तर, राज्यले उसको माग सुनेन।

भिडियो कमेन्टमा

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu