Weekend Nepal

Weekend Nepal

Share

16/07/2017

श्रावण महिनाको पहिलो दिन आज गाउँघरमा लुतो फालेर साउने सक्रान्ति मनाउने गर्दछन ।

यो महिनामा पानि धेरै पर्ने हुनाले हिलोको कारण चिलाउने रोग लुतोलाइ भगाउन लुतो फाल्ने चलन चलेको हो । कागति, निबुवा, अम्बा, अनार, नासपाति आदि फलफुलहरू चढाएर कण्डारक नामक राक्षसको पुजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वास गरेर् लुतो फाल्ने चलन् शुरु भएको मानिन्छ ।

तेस्तै, सक्रान्तिको सांझमा कुकुर डाइनो, काग भलायो, कुरिलो, पानिसरो, पुरेनि, गलेनि आदि औषधिजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ। लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने आदि बिभिन्न प्रचलन समेत रहिआएको छ। यस्ता प्रचलन ठाउँ अनुसार फरक पनि हुन्छन।

श्राबण महिना शिवको आराधाना गर्ने महिनाको रुपमा पनि लिइन्छ । श्राबण महिना भरि आराध्यदेव शिबको मन्दिर पशुपतिमा मेला लाग्छ । बिशेष गरेर महिलाहरुले श्राबण महिनाको सोमबार ब्रत बसेर शिवको आराधना गर्ने गर्दछन ।

साउने सक्रान्तिको शुभकामना :)

13/07/2017

Annapurna Base Camp Trek.
Excellent holiday for every traveler.

Want your business to be the top-listed Travel Agency in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Thamel
Kathmandu