Star Media Khabar
22/05/2026
५०% नेताहरुको राजनीति सकिन्छ र बाकी जीवन जे,ल मै बित्ने प्राय निश्चित छ।🤔
अहिले बालेन् सरकारको बिरोध बढ्दै जानुको मुख्य कारण सम्पती छानविन नै हो । रा स्व पा कै पक्ष मा बोल्ने प्रचण्ड पनि एकाएक फेरिनु सामान्य कुरा पक्कै हैन ।
सबैको मनमा अहिले ड,र त्रा,स फैलिएको छ भने कसैले लाजपचाएर सम्पती छानबिन गर्नु गलत नै भनिसके ।
यदि सही तरिकाले सम्पत्ति छानवीन हुने हो भने ५०% नेताहरुको राजनीति सकिन्छ र बाकी जीवन जे,ल मै बित्ने प्राय निश्चित छ ।
तपाइलाइ कस्तो लाग्छ? आफ्नो बिचार राख्नु होला🙏
22/05/2026
यसरी आफ्नै सरकार ढाल्ने खेल खेल्नलाई जनताले जिताएका थिए!🤔
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले पछिल्लो समय आफ्नै पार्टी सम्मिलित वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह विरुद्ध मोर्चाबन्दी कडा पारेका छन्।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहको शासनशैली र संसद् छल्ने प्रवृत्तिको कडा आलोचना गरेका सिंहले वर्तमान सरकार जनअपेक्षा विपरीत अघि बढेको टिप्पणी गरेका छन्।
संसद्मा बोल्दै उनले देश चलाउनु महानगर चलाएजस्तो नभएको भन्दै प्रधानमन्त्रीलाई खुला चुनौती दिएका थिए। नेपाललाई 'पुलिस स्टेट' बनाउन खोजिएको र सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत अघि बढेको उनको आरोप छ।
यसैबीच, आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री उपस्थित नभएको र संसद्लाई सरकारले अवमूल्यन गरेको भन्दै सांसद सिंह असन्तुष्टि पोख्दै बैठक नै बहिष्कार गरेर बाहिरिएका छन्।
महत्वपूर्ण समितिको बैठकमा गृहमन्त्री नै अनुपस्थित हुनुले सुशासनप्रतिको सरकारी प्रतिबद्धतामाथि प्रश्न उठेको उनको तर्क थियो।
रास्वपा सत्ता गठबन्धनको मुख्य घटक भए पनि सांसद सिंह सरकार ढाल्ने र नयाँ राजनीतिक समीकरण बनाउने खेलमा भित्रभित्रै सक्रिय रहेको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। विशेषगरी मधेशका मुद्दा र सुशासनमा सरकार उदासीन रहेको भन्दै उनले असन्तुष्ट दल र सांसदहरूलाई समेट्न खोजेको स्रोतको दाबी छ।
आफ्नै सांसदले सरकारको तीव्र विरोध गर्ने र पार्टी नीति विपरीत लबिइङ गर्न थालेपछि रास्वपाभित्र तीव्र असन्तुष्टि चुलिएको छ। पार्टीको संसदीय दल र अनुशासन समितिले सिंहले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीमाथि कारबाहीको तयारी गरेको बुझिएको छ।
पार्टीको नीति विपरीतका गतिविधि नरोकिए स्पष्टीकरण सोध्ने र थप कडा कारबाही गर्ने रास्वपा उच्च स्रोतले जनाएको छ।
22/05/2026
लौ अब प्रचण्डले बालेन सरकारविरुद्ध आन्दोलनका लागि सबैलाई तयार गरिरहेको बताएका छन् ।🤔
आन्दोलनको आवश्यकता पैदा भएको पूर्वदेखि पश्चिमसम्म भइरहेको सुकुम्वासी आन्दोलन स्वतःस्फूर्त होइन,’ उनले भने, ‘यसमा हाम्रो पनि पहल छ ।’
प्रचण्डले भारतबाट सय रुपैयाँ बढीको सामान ल्याउँदा कर लगाउने निर्णय गरेर सरकारले सीमाना भएका गरिब र निमुखा जनतामाथि अत्याचार गरेको टिप्पणी गरे । उनले वर्तमान सरकारले न्यायालयमाथि पनि हस्तक्षेप गरिरहेको बताए ।
‘विद्यार्थी संगठन र ट्रेय युनियनको लोकतान्त्रिक अधिकारमाथि सरकारले तरबार चलाइरहेको छ,’ उनले भने, ‘त्यसविरुद्ध हामीले सबै राजनीति दल, नागरिक समाज र आम नागरिकलाई आन्दोलन गर्न तयार पारिरहेका छौं ।’
22/05/2026
हवाइ जहाज भित्र कफिले पोल्यो!🤔
उपभोक्ता अदालतले कतार एयरवेजलाई जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी ललितपुरकी महिलालाई साढे २ करोड क्षतिपूर्ति तिर्न फैसला गरेको छ।👇
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Kathmandau Nepal
Kathmandu
977