insidenepal.com

insidenepal.com

Share

15/04/2026

निजी विद्यालयले बढी शुल्क लिए फोन गरेर उजुरी गर्न सकिने : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने विद्यालयविरुद्ध उजुरी गर्न हेल्पडेस्क सुरु गरेको छ। शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई जिम्मा दिइएको छ, जसमा ९८५१२१४६३८ नम्बरमा सिधै फोन गरेर गुनासो गर्न सकिन्छ। मन्त्रालयले तोकिएभन्दा बढी शुल्क नलिन र लिएको भए फिर्ता गर्न निर्देशन दिएको छ। उल्लङ्घन गरेमा शिक्षा ऐन २०२८ अनुसार बढी शुल्क फिर्ता गराउनुपर्ने वा २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

14/04/2026

बालेन्द्रको महेन्द्र मोह — 'बालेन्द्र नेतृत्वको सरकारले ६२/६३ पछि देशकै लामो राजमार्गलाई 'पूर्वपश्चिम राजमार्ग' भनिदै आएकोमा पुन: 'महेन्द्र राजमार्ग' नै नाम प्रयोगमा ल्याएको छ । मेरो व्यक्तिगत बुझाइमा यो असाध्यै सकारात्मक कादम हो । यो देशमा राजा महेन्द्रले दिएको जति योगदान सायदै अन्य कुनै नेतृत्वले दिएको होला । कुनै बेला आफ्नै देशको एउटा भूभागबाट अर्को भूभागमा जान भारतको भूमी प्रयोग गर्नुपर्थ्यो । यसलाई हटाउन राजा महेन्द्रले विस २०१९ मा देशकै सबैभन्दा लामो राजमार्गको शिलान्यास गरेका थिए ।

यो राजमार्गले देशलाई एक-आपसमा गाभेन मात्र पारवहनको लागि विदेशी भूमीमा हुने परनिर्भरतालाई पनि हटायो । यो सडकले देशको पूर्वाधार मात्र विकास गरेन, यसले राष्ट्रियता समेत उचो बनायो । यसर्थ यो राजमार्गलाई महेन्द्र राजमार्ग नामकरण गरिनुमा कुनै आपत्ति छैन । राजतन्त्र हाम्रो इतिहास हो । राजा हाम्रा अभिभावक हुन् । इतिहासलाई मेटाएर कुनै पनि देशले आफ्नो शिर उचो राख्न सक्दैन ।

यो कदमको लागि बालेन सरकार प्रति नमन ।' — केशर ब. भण्डारी

14/04/2026

८४ भनेकाे ८२ मा फालियाे ! नयाँ बर्षको शुभकामना 👇️

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu