Birendra Alumni Association

Birendra Alumni Association

Share

03/05/2026

नमस्कार ।
आज मिति २०८३ साल बैशाख २० गते आइतबार दिउँसो ३:०० बजे पिताको शोकमा रहनुभएका वीरेन्द्र मा. वि. का पूर्व विद्यार्थीहरू गोविन्द, कुमार, गणेश, पुरुषोत्तम, भरत तथा ममता लम्साल लगायत सम्पूर्ण परिवारजनलाई समवेदना प्रकट गर्न सुकेधारा, नया कोलोनी, काठमाडौँस्थित कुमार लम्सालको निजि निवास जाने कार्यक्रम रहेकाले इच्छूक सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
कैलाश नेउपाने
अध्यक्ष
वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ

30/04/2026

पुस्तक परिचर्चा कार्यक्रम स्थगित भएको सम्बन्धी सूचना

वीरेन्द्र मा. वि. चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरू महेन्द्र नेउपाने तथा डा. दुर्गाप्रसाद भँडारी लिखित पुस्तकहरुको परिचर्चा तथा क्यालेण्डर सार्वजनिकीकरण कार्यक्रम भोलि मिति २०८३ साल वैशाख १८ गते शुक्रबार अपरान्ह २:०० बजे आयोजना गर्नेगरी सूचना प्रेषित गरिएकामा विशेष कारणवश उक्त कार्यक्रम हाललाई स्थगित गरिएको कुरा जानकारी गराउन चाहन्छौँ। यसबाट पर्नगएको असुविधा प्रति क्षमाप्रार्थी छौँ।

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ

21/12/2025

भावपूर्ण श्रद्धाञ्जली
वीरेन्द्र एलुम्नाइ एसोसिएसन, काठमाडौँका सदस्यहरू तथा वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरू सतिष कुमार गौतम, सुजाता गौतम, सुनिता गौतम तथा सङगीता गौतमका पूजनीय पिता पुष्कर राज गौतमको आज पौष ६ गते आइतबारका दिन ८५ वर्षको उमेरमा स्वर्गारोहण भएको खवरले हामी मर्माहत भएका छौँ। दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

वहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि आज पौष ६ गते आइतबार बेलुका ५:०० बजे पशुपति आर्यघाट लगिने जानकारी पारिवारिक श्रोतबाट प्राप्त भएको कुरा अवगत गराउन चाहन्छौँ।
वीरेन्द्र एलुम्नाइ एसोसिएसन, काठमाडौँ

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu Metropolis-7, Chabahil
Kathmandu