Cinebuzz Nepal
15/06/2026
सामाजिक सञ्जालमा आफ्नो ‘थर’लाई लिएर चर्चा चुलिएका बेला अभिनेत्री सुस्मिता केसी ले कानुनी पहिचानबारे स्पष्ट धारणा सार्वजनिक गरेकी छन् । उनले छोरा अनमोल केसी मार्फत कानुनी प्रक्रिया पूरा गरेर नागरिकता प्राप्त गरेको बताउँदै ‘केसी’ नै आफ्नो आधिकारिक थर रहेको उल्लेख गरेकी हुन् ।
सुस्मिताले ‘केसी’ थरलाई आमा–छोराबीचको माया, आत्मीयता र गर्वसँग जोडिएको पहिचानका रूपमा व्याख्या गर्दै जीवनभर यही थर कायम रहने स्पष्ट पारेकी छन् ।
14/06/2026
‘बेहुली’ फिल्ममार्फत कुल ब्वाइ र दिव्या रायमाझीको जोडी दर्शकमाझ आउँदैछ ❤️
यो नयाँ जोडीको केमेस्ट्री पर्दामा हेर्न तपाईंहरू कत्तिको उत्साहित हुनुहुन्छ ? आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य जनाउनु होला । ✨
13/06/2026
२ दशकपछि आमनेसामने भए मिरुना र निरुता, ८ वर्षको उमेरमा खिचिएको पुरानो तस्बिर सार्वजनिक
मिरुना र निरुताको भेट केही दिनअघि नयाँ बानेश्वरस्थित सुरवीन राईको ब्यूटी सलोन ‘अनानिक’मा भएको हो । भेटका क्रममा उनीहरूले ८ वर्षको उमेरमा सँगै खिचेको पुरानो तस्बिर पनि सार्वजनिक गरेका छन् ।
12/06/2026
निर्देशक कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ आगामी असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले छायांकन तयारीलाई तीव्र बनाउँदै बिहीबार कलाकारहरूको फेस टेस्ट सम्पन्न गरेको हो।
बालाजु ल्याबमा गरिएको फेस टेस्टमा कलाकारहरूको पात्रअनुसारको लुक्स परीक्षण गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन सुरु हुनुअघि कलाकारहरूको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन लुक्स फाइनल गर्ने काम भइरहेको बताइएको छ।
09/06/2026
समय बदलियो, पुस्ता फेरिए, नायक र स्टार धेरै आए,
तर नेपाली चलचित्रमा ‘महानायक’को उचाइ भने एउटै नामले कायम राख्यो — राजेश हमाल ❤️
नेपाली सिनेमाको गौरव, लाखौं दर्शकको प्रेम र प्रेरणाका प्रतीकलाई जन्मदिनको हार्दिक शुभकामना।
सदैव स्वस्थ, खुशी र सफल रहनुहोस् महानायक राजेश हमालज्यू… 🎉❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
44600