Shorts Post

Shorts Post

Share

02/06/2026

शीर्षक :
अमेरिकाको रणनीतिक तेल भण्डारण दुई वर्षयताकै न्यून स्तरमा

अमेरिका–इरान युद्धको प्रभावबीच अमेरिकाको रणनीतिक तेल भण्डारण दुई वर्षयताकै तल्लो स्तरमा पुगेको छ । ट्रम्प प्रशासनले आपूर्ति संकट कम गर्न करिब ५ करोड ८० लाख ब्यारेल तेल बजारमा पठाएपछि भण्डार घटेर ३५ करोड ७१ लाख ब्यारेलमा झरेको हो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले पनि संयुक्त रूपमा ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेका छन् ।

follow us : Shorts Post

Hashtags:

02/06/2026

शीर्षक :
तेक्वान्दो खेलाडी वैभवीले सिक्किम अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतको सिक्किममा हुने प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । ११ वर्षीया वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिस्पर्धा गर्नेछिन् । गान्तोकस्थित पाल्जोर रंगशालामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी सहभागी हुनेछन् । हालै बागमती प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण जितेकी वैभवी भक्तपुरकी उत्कृष्ट महिला खेलाडीसमेत घोषित भएकी थिइन् ।

follow us : Shorts Post

Hashtags :

01/06/2026

शीर्षक :
हत्या आरोपमा झापाबाट एक जना पक्राउ, अनुसन्धान जारी

झापाको मेचीनगर–१५ निलकोठीका ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या अभियोगमा तनहुँ घर भएका ३५ वर्षीय रामबहादुर गौतम पक्राउ परेका छन् । आपसी विवादका क्रममा आइतबार राति भएको कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले गौतमलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

follow us : Shorts Post

Hashtags ( #):

31/05/2026

शीर्षक :
नेपालले भारतको कुन भूमि मिच्यो ? बासना थापाको माग

नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेपालले भारतको कुन भूमि मिचेको हो भन्ने जानकारी माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै उनले तथ्यसहित प्रमाण प्रस्तुत गर्न वा अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरिन् । प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको भन्दै लिपुलेकसहितका सीमा विवाद वार्ताबाट समाधान गर्ने बताएका थिए ।

follow us : Shorts Post

Hashtags :

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


New Baneshwor
Kathmandu
44660

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00