Daily Dose
05/07/2026
यो फोटो राखेर gemini लाई फरक छुट्याई देऊ भनेको एस्तो दियो ।।
१. बायाँ तस्बिरमा रवि लामिछानेले आफ्नो कालो झोला अगाडि उभिएका आर्मीलाई समाउन दिएका छन्, तर दायाँमा हर्क साम्पाङको साथमा कुनै झोला वा सुरक्षाकर्मी देखिँदैन।
२. सन् २०२३ मा रविले बसमा यात्रा गर्दा जनताबाट "वाह वाह" र प्रशंसा पाएका थिए, तर सन् २०२६ मा हर्कले उस्तै शैली अपनाउँदा धेरैले स्टन्ट भन्दै "गाली" र आलोचना गरिरहेका छन्।
३. बायाँ तस्बिरमा रविको अगाडि (रातो घेराभित्र) बस्नका लागि सिट खाली देखिन्छ, तर दायाँ तस्बिरमा हर्क उभिएको गाडी (बस) एकदमै प्याक छ र बस्ने ठाउँ देखिँदैन।
४. बायाँतर्फ सन् २०२३ को रवि लामिछानेको तस्बिर छ भने दायाँतर्फ सन् २०२६ को हर्क साम्पाङको तस्बिर छ।
५. २०२३ को तस्बिरमा यात्रुहरूले कोट, ज्याकेट जस्ता जाडोका कपडा लगाएका छन् भने २०२६ मा हर्कले हाफ बाहुला भएको गर्मीको टिसर्ट लगाएका छन्।
Copied from other
04/07/2026
१०० दिन बित्दा सरकारका उपलब्धिभन्दा विवाद, अस्थिरता र असफलताका श्रृंखला।
१. शासनशैली र राजनीतिक व्यवहार
- कानुनले नचिनेका व्यक्तिहरूको स्वेच्छाचारी नियुक्ति र समानान्तर शक्ति केन्द्रको अभ्यास।
- ट्रेड युनियनमाथिको प्रतिबन्धको निर्णयले लोकतान्त्रिक अधिकारमाथि गम्भिर प्रश्न।
- “पुर्व प्रधानमन्त्री के पी शर्मा ओलीको पुर्बाग्रही पक्राउ” गरी १३ दिनसम्म कानुनी आधारसमेत प्रस्तुत गर्न नसकेको लाज मर्दो अवस्था।
- सुशासनको नाराभन्दा राजनीतिक पूर्वाग्रह र प्रतिशोधको अभ्यास बढी देखियो।
- उपप्रधानमन्त्री विष्णु पौडेलमाथि गरिएको राजनीतिक प्रतिशोध भएको छ।
२. कानुनी विश्वसनीयता, पारदर्शिता र राष्ट्रिय संवेदनशीलता
- सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा फरक पार्टीको मन्त्री सांसदप्रति छनबीन आफ्ना पार्टीको मन्त्री सांसदप्रति छनबीन नगर्ने दोहोरो मापदण्ड अपनाएको छ।
- राष्ट्रिय हितसँग जोडिएका विषयमा नेपालले भारतको सिमा मिचेको भन्ने राष्ट्रघाति गैरजिम्मेवार अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको अवस्था।
- भ्रष्टाचार नियन्त्रणमा ठोस उपलब्धि देखिएन; ठूला अनियमिततामाथि प्रभावकारी अनुसन्धानको अभाव।
३. सेवा प्रवाह र प्रशासनिक सुधार
- डिजिटल नेपालका वाचा कागजमै सीमित पासपोर्ट, लाइसेन्स, सेवा प्रवाहमा कुनै सुधार छैन।
- सार्वजनिक सेवा प्रवाह अझै झन्झटिलो र नागरिकमैत्री सुधार अपेक्षाअनुसार हुन सकेन।
- सुकुम्बासी समस्या समाधानको सट्टा घर भत्काएर अनि बर्षायाममा सेल्टर बाट निकालेर अन्योल र त्रासको वातावरण।
४. अर्थतन्त्र, बजार र जनजीविका
- उध्योगी ब्यबसायीलाई दबाब र नियण्त्रण गरी मनोबल घटाउने काम गरेको छ।
- मूल्यवृद्धि नियन्त्रण होइन महंगी बडेको छ, रोजगारी सिर्जना र जनजीविकाका सवालमा कुनै प्रगति देखिएन।
- पुँजीगत लाभकरसम्बन्धी नीतिले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै सेयर बजार प्रभावित।
- दूध किसानले भुक्तानी पाएका छैनन्, उखु किसान अझै बक्यौता कुरिरहेका छन्।
- धान रोपाइँको समयमा मलको अभावले किसान समस्यामा।
५. विकास, बजेट र कार्यसम्पादन
- विकास निर्माणका काम सुस्त, बजेट कार्यान्वयन कमजोर र पुँजीगत खर्च न्यून।
- सरकारको अधिकांश समय प्रचार, विवाद र प्रतिपक्षप्रति आक्रामकतामै बितेको अनुभूति।
१०० दिनको निष्कर्ष :
राज्यको संयन्त्रलाई कमजोर बनाएर बालेनले आफूलाई महाराज बनाएर अधिनायकवाद लादेर लोकतान्त्रिक मूल्य मान्यता समाप्त गर्ने कुरामा यो सरकार अगाडि बढेको छ।
- यो सरकारको पहिलो सय दिनले नारालाई कामको रुपामा ब्याख्या गर्ने र प्रचारलाई परिणामभन्दा माथि राखेको छ।
सुशासन, सेवा प्रवाह, अर्थतन्त्र र विकासमा ठोस उपलब्धि नदेखिएकाले सरकारको मूल समस्या क्षमता अभाब र प्राथमिकताको निर्धारण गर्न नसक्नु हो।
Copied from Mahesh Basnet
24/06/2026
Suvakamana Rabi Lamichhane lie
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
205