Nilo Parda

Nilo Parda

Share

14/07/2026

जय पाथिभरा माता रक्षा गर्नुहोस्

14/07/2026

श्रम संस्कृती पार्टीका सभापति एवम् प्रतिनिधि सभा सदस्य माननीय हर्क साम्पाङ ज्यूले आज प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुभएको छ । सोही क्रममा पाथीभरा क्षेत्र विकास समितिको तर्फबाट उहाँलाई माताको चिनो हस्तान्तरण सहित स्वागत एवम् सम्मान गरिएको छ ।

13/07/2026

मुकुन्द थापा लेख्छन्,' नालीमा बस्ने किरालाई गुलाफको सुगन्ध मन पर्दैन भन्थे साँचो र सत्य रहेछ। यत्रो समय लगाएर परिवर्तन गरेको काठमाडौँ माहा नगरपालिका एक दिन नगर प्रहरी नहुँदा यस्तो हालत भयो। अनि कसरी बन्छ देश? झोले आ'तंक ।

"देश बदलियोस्, म बदलिन्नँ"
मलाई विधिको शासन चाहियो,
तर म चाहिँ कानुन मान्दैन।
मलाई भ्र'ष्टाचार मुक्त नेपाल चाहियो,
तर मेरो नेताहरुलाई समात्न पाइएन।

मलाई रातारात विकास चाहियो,
तर काम नगर्ने ठेकेदारलाई थर्काउन पाइएन।
मलाई सफा र सुन्दर सहर चाहियो,
तर फुटपाथमा फोहोर गर्नेलाई उठाउन पाइएन।

मलाई ट्राफिक जाम नहुने सहर चाहियो,
तर मैले नो पार्किङमा पनि पार्क गर्न पाउनुपर्यो।
मलाई विद्यालय, विश्वविद्यालयमा राम्रो पढाइ चाहियो,
तर मैले सबै ठाउँमा राजनीति गर्न पाउनुपर्यो।

मलाई भाषण होइन काम गर्ने नेता चाहियो,
तर मैले उसका हरेक कामको वि'रोध गर्न पाउनुपर्यो।
मलाई एक्सन ओरियन्टेड मन्त्री चाहियो,
तर फिल्डमा गइहाले मैले यो स्टन्ट हो भन्न पाउनुपर्यो।

मलाई ३ महिनामा कायापलट देश चाहियो,
तर विदेशबाट ऋण र जनताबाट कर उठाउन पाइएन।
मलाई यही देशमा लाख कमाइ हुने रोजगारी चाहियो,
तर कर्मचारीको तलब बढाउन पाइएन।

मलाई शान्ति, सुव्यवस्था र सुरक्षा चाहियो,
तर मलाई नेपाल आर्मी, प्रहरी मन पर्दैन।
मलाई विकसित देशको जस्तो परिणाम चाहियो,
तर मलाई कठोर निर्णय लिने नेतृत्व स्वीकार छैन।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu