Nepublic 101
19/06/2026
४० मेगावाट बिजुलीको निर्यात भने निरन्तर, गुम्यो ७१ करोडको व्यापार!
18/06/2026
गृहमन्त्री सुधन गुरुङले सरकारले गलत कार्यमा संलग्न हुने कसैलाई पनि नछाड्ने स्पष्ट चेतावनी दिएका छन्।
विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिए। उनका अनुसार सुरक्षा निकायहरू नागरिक सेवामा केन्द्रित हुनुपर्ने र अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म सबै क्षेत्रमा सक्रिय रूपमा परिचालन हुनुपर्ने बताइएको छ।
गुरुङले भने, “सेवा नै हाम्रो धर्म हो। सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो। गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ। गलतलाई गलत नै भन्छौँ।” उनले सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गर्दै अब निष्पक्ष रूपमा काम अघि बढ्ने बताए।
यसैबीच, विपद् व्यवस्थापन तयारीलाई सरकारले प्राथमिकतामा राखेको उनले उल्लेख गरे। उनका अनुसार पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध हुने अवस्थालाई ध्यानमा राख्दै गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको छ।
गृहमन्त्रीले बाढी–पहिरो जस्ता विपद्का बेला आवश्यक उपकरण तत्काल परिचालन गर्न सकिने गरी डिजिटल प्रणाली विकास गरिएको पनि जानकारी दिए। उक्त प्रणालीमार्फत डोजर तथा अन्य उपकरणको स्थान पहिचान गरी राइड–सेयरिङ एपजस्तै ढाँचामा छिटो परिचालन गर्न सकिने उनको भनाइ छ।
विगतका सरकारका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने सरकारको नीति रहेको पनि स्पष्ट पारे।
17/06/2026
प्रस्तावित गोर्खाल्याण्ड राज्य जुन क्षेत्र सुगौली सन्धी हुनुभन्दा पहिँला नेपालकै अभिन्न अंग थियो।
17/06/2026
• महाधिवेशन लोगो—रास्वपाको नयाँ लोगो रिलिज!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
44600