Abhishek Joshi Rudramsha

Abhishek Joshi Rudramsha

Share

12/06/2026

०७९ तिर...।

यो देशको प्रधानमन्त्री काङ्ग्रेसका सभापति शेर बहादुर देउवा थिए । माओवादी र काङ्ग्रेसले मिलेर बनाएको सरकारमा माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री थिए ।

एमाले प्रमुख प्रतिपक्ष थियो ।

बजेट बन्दै थियो । जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा सहभागी गराएको र ती अनधिकृत व्यक्तिको सुझावमा करको दर हेरफेर गरेको आरोप लाग्यो ।

प्रतिपक्षले यस प्रकरणको चर्को विरोध गर्दै अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब दिएपछि सरकारले एउटा छानबिन समिति बनायो ।

अर्थमन्त्रीले राजीनामा दिए, छानबिनमा सहयोग पुर्याउने भन्दै ।

अनधिकृत व्यक्तिले बजेट बनाइरहेको स्थानमा प्रवेश गरेको प्रमाणित भएन किनभने सिसिटिभीको तार पहिल्यै मुसाले काटिसकेको थियो । २५ दिन चलेको छानबिनबाट जनार्दन शर्मा निर्दोष साबित भए ।

छानबिन समितिले क्लिनचिट दिएपछि उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए ।

यी २५ दिन अर्थमन्त्रालय प्रधानमन्त्री अन्तरगत रह्यो । सरकारले वा सहयोगी दलले नयाँ अर्थमन्त्री नियुक्ति गरेन । अर्थमन्त्रीले क्लिनचिट पाउने दिन पर्खेर बसे उनीहरू किनभने उनीहरुलाई थाहा थियो, आरोप प्रमाणित हुनेछैन।

09/06/2026

अर्थमन्त्री डा. वाग्ले मानौँ यतिखेर कांग्रेसमा हुनुहुन्थ्यो र देशको सरकार रास्वपाले नभई काङ्ग्रेसले चलाइराखेको हुन्थ्यो भने के रास्वपाका साथीहरू यति नै इमान्दारी, लगन र नैतिकतासाथ BYD प्रकरणमा अर्थमन्त्रीको पक्षपोषण गरिरहेका हुन्थे ?

रास्वपामा आबद्ध हुने हरेक मान्छे चोखो हुन्छ भन्ने मनस्थिति कसरी विकास भयो ? यस्तो बुझाइको आधार के हो ? त्यही मान्छे रास्वपामा नजोडिँदा गलत, त्यही मान्छे रास्वपामा जोडिएपछि शुद्ध र सफा, कसरी ?

हिजो MCC मा डा. वाग्लेलाई गाली गरेका रास्वपाहरू आज BYD मा डा. वाग्लेको बचाउ गरिरहँदा व्यक्तिको चरित्र भन्दा पनि कुन पार्टीको सदस्य हो भन्ने कुराका आधारमा काम ठीक कि बेठीक भनिनु राम्रो हो ?

08/06/2026

दुइटा चिन्तन :
१... यो सरकार असफल भइसक्यो; यसको आयु लामो छैन । केही कारण प्रस्तुत छन् - केही हतारका निर्णय; केही विवादित अभिव्यक्ति; केही तडकभडक ।

२... ३५ वर्षसम्म देश लुटेकाहरूलाई अहिलेको सरकारले सुशासन र विकासमुखी काम गरेको मन परेको छैन । देश लुट्न नपाएर छट्पटाइरहेका छन् ।

देश यिनै दुई चिन्तनको पिङमा मच्चिदैछ ।

Want your public figure to be the top-listed Public Figure in Kanchanpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kanchanpur