Upgrade computer
08/08/2015
विन्डोज १० : नेक्स्ट च्याप्टर
एक दिनमै एक करोडले गरे अपग्रेड
काठमाडौ, श्रावण १६ - कम्प्युरको दुनियाँमा ‘नेक्स्ट च्याप्टर’भनेर प्रचार गरिएको अपरेटिङ सिस्टम विन्डोज १० अब सबैको पहुँचमा छ । माइक्रोसफ्टले दुई महिना अगाडि सार्वजनिक गरेको विन्डोजको नयाँ भर्सन विन्डोज १० बुधबारदेखि आफ्नो कम्प्युटरमा राख्न मिल्ने भएको हो । कम्पनीले स्मार्टफोन, गेम कोसोल्स र होलोग्राफिक हेडसेटका लागि पनि मिल्ने गरी बनाइएको छ ।
सुरुवातमा पिसी र ट्याबलेटमा यसलाई सजिलै राख्न सकिने छ । दुई महिना अगाडि यसलाई सार्वजनिक गर्ने क्रममा यसलाई नि:शुल्क अपग्रेड गर्न मिल्ने सुविधा प्रयोगकर्तालाई दिइएको थियो । माइक्रोसफ्ट विन्डोज ७ र ८ भएको पिसी वा ल्यापटपमा स्वत: विन्डोजको आइकन आएपछि त्यसलाई क्लिक गरी नयाँ भर्सन रिजर्भ गर्नसक्ने सुविधा दिएको थियो ।
विन्डोज १० लाई विन्डोज ८ भन्दा भिन्न बनाइएको छ । जसमा कोर्टाना डिजिटल सुविधाको फिचर छ । कोर्टाना प्रणालीद्वारा आवाजले पनि कम्प्युटर चलाउन सकिनेछ । यसले विन्डोज १० अन्तर्गत ल्यापटप या डेस्कटपमा काम गर्ने एप्लिकेसनबाटै ट्याबलेटमा पनि काम गर्न मिल्छ । विन्डोज ८ मा हटाएको स्टार्ट मेनुलाई यसमा पून: समावेश गरिएको छ । मेनुमा इमेल, फेसबुक म्यासेज, मौसमको भविष्यबाणी लगायतका मेनु समावेश छन् ।
विन्डोज १०, विन्डोज ७ र ८ को मिश्रित रुप भएको कम्पनीको भनाई छ । यसमा माइक्रोसफ्टले पुरानो ब्राउजर इन्टरनेट एक्सप्लोरलाई हटाएको छ । यसको सट्टा प्रयोगकर्ताको अनुहार चिनेर साइन इन गर्न मिल्ने ‘विन्डोज हेलो’ लाई समावेश गरिएको छ । त्यस्तै एउटै भ्युमा ४ वटासम्म एप स्न्याप डेस्कटपमा राखेर काम गर्न सकिनेछ । अब माइक्रोसफ्टले नयाँ भर्सन नल्याई विन्डोज १० को अपग्रेड मात्र उपलब्ध गराउनेछ ।
कम्पनीले हालसम्म करोड प्रयोगकर्ताले विन्डोज १० डाउनलोड गरिसकेको जनाएको छ । यसको प्रयोगका लागि कम्प्युटरमा इन्स्टल गर्दा फाइलहरु सुरक्षित रहने दाबी पनि गरिएको छ ।
विन्डोज १० मा भएको ‘रिडिङ लिस्ट’ अप्सनमा प्रयोगकर्ताहरुले वेभ पेजहरु सुरक्षित राखेर पछि पढ्न सक्ने सुविधा पनि समावेश गरिएको छ । एप गेमरहरुका विषेश सफ्टवेयर एक्सबक्स एप राखिएको छ । यसद्वारा च्याट गर्दैगेम खेल्न मिल्ने र भिडियो गेम क्लिप्स इन्स्ट्राग्रममा झै सेयर गर्न सकिनेछ ।
28/03/2015
Girl To Boy : Which Laptop Do You
Have..??
Boy : Dell i7 Processor 2.2Ghz With
LED Display, 4GB RAM, 1TB Hard Disk &
2GB NVDIA GRAPHICS CARD..!!
Boy To Girl : Which Laptop Do You
Have..??
Girl : Pink Wala..!! tesma Net pani
Chal6a &
Pen Drive pani Lagauna
Sakin6a ..!
04/07/2013
यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।
तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।
यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु
१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )
२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory)
३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ
४) PenDrive लाई Bootable बनाउने Software "WinToBootic v1.2"
५) कमसेकम ४ GB भन्दा माथिको PenDrive
अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।
१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।
enjoy >>> upgrade computer
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Jhapa
023-545456
Opening Hours
| Tuesday | 09:00 - 18:30 |
| Wednesday | 09:00 - 18:30 |
| Thursday | 09:00 - 18:30 |
| Friday | 09:00 - 18:30 |
| Saturday | 09:00 - 18:30 |
| Sunday | 09:00 - 18:30 |