Janak Man Dangol

Janak Man Dangol

Share

23/05/2026

देशमा अहिले पंचायत र राजा छैनन ! कांग्रेस कम्युनिस्ट मिलेर ४५ सालको थोत्रो सपना बुन्दै रैछन !
अब भारतलाई भनेर नाकाबन्दी लगाउनलाई भारतमा कांग्रेसको सर्खार छैन !
गाह्रो छ हो भारतमा जन्मेका कांग्रेस कम्युनिस्टहरु लाई !

Send a message to learn more

11/05/2026

बिजुली पत्रिका खोल्यो त्याहाँ प्रचण्ड र चित्रे बुढाको रोदन अनि शुसिला र सपनाको हुंकार मात्र देख्छु !
कमरेडहरु पंचायत फाले पछी प्रजातन्त्र आए पछी क्रान्तिको नाउँमा आफ्नै दाज्युभाई दिदि बैनीहरुको हत्या किन गरेको ?
राजा फालेर आफै पटक पटक राजा जस्तै बनेको हैन ?
क्रान्तिको नारा पुरा किन भएन ?
मावली बंगाल र केरलाको ताजा नतिजा अनि यो पालिको चुनावमा नेपाली जनताले खुवाई दिएको लोप्पा पछी चुक खाएको अन्वार बनाएर बर्बराउदै हिड्नेलाई अर्ध पागल भएछन भनेर किन नभन्ने ?
कोहि राज्यको ढुकुटी लुटेर बिदेस भागेका छन ! फर्किने हिम्मत गरेका छैनन ! नेपाली जनताले ४५ र ६२ सालमा गरेको आन्दोलन जुका किर्ना ब्वाँसा र स्यालको खेति गर्न लाई हो ?
कांग्रेस र कम्युनिस्ट गतिलो जिनिस चै हैन है !
यिनीहरु गोहीको आँसु बगाउंन खप्पिस छन ! बिदेसमा बसेर जहाज अपहरण गरेर ज्यान पाल्ने देखि क्रान्तिको नाउँमा बैंक लुटन सिपालु छन ! अस्तिको चुनौले यिनीहरु विक्षिप्त अवस्थामा पुगे !
#खांटीकुरा यत्ति हो !

Send a message to learn more

30/04/2026

Janakमानको
#खांटीकुरा
म घण्टे हैन तर बालें सर्खारले नेताको पाउ मोलेर नियुक्ति खाएकाहरुको जागिर चैट गर्दै रैछ ! दलकै सर्खार भए पनि १७ साले झल्को आई रहेको देख्दा बहुत खुसि लाग्दैछ हो !
कांग्रेस कम्निस्ट खासमा अरास्ट्रिय तत्व नै हुन् ! यी रास्ट्रिय तत्व भएका भए यिनीहरु बिरुद्ध अहिले मुर्दाबादको नारा किन लाग्थ्यो ?
हैन त #चुरेमाई ?

Send a message to learn more

29/04/2026

रोजगारीको लागी सुबर्ण अवसर !....
मकवानपुर जिल्लाको लागी !
हेटौडा, मनहरी, कैलास, राईगाउँ, बेतिनी, फापरबारी, हात्तिसुडे इलाका!
पर्सा जिल्लाको लागी !
पटेर्वा सुगौली, एकटाँगा, रंगपुर टांडी, महुवन, सुबर्णपुर्, जानकीटोला !
बारा जिल्लाको लागी:
कलैया, नगरपालिका भित्रको !
माथी उल्लेखित ठेगानामा बसोबास गर्नु हुने भू.पु सेना शसस्त्र जनपद प्रहरीको साथीहरु हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला !
उमेर: ५० नकाटेको !
पेन्सन पट्टालाई पहिलो प्राथमिकता ! पेन्सन पट्टा नहुनेको हकमा उपदान, राजिनामा स्वीकृत भएको पत्र अनिवार्य !
योग्यता ८ कक्षा देखि माथी !
सेवा सुबिधा: श्रम ऐन अनुसार !
Contact No: 9801173014/9801173017/9801173054/9801173074/9802392621

Send a message to learn more

18/04/2026

#पिडा
जन समुदायको सेवा गर्ने
यहि प्रतिज्ञा लिई मनमा
राजाको सिन्दुर लगाई
आउदैछ कोहि ढोकामा
लौ बोलौं
मन खोलौं
यो सुनौली बिहानी मौकामा
पंचायती शासनमा नेपाल प्रहरीले साँझको रोलकलमा गाउने गीत हो यो र यो गीतले धेरै संदेश दिने गर्थ्यो !
प्रजातन्त्र ल्याए ! नेताको पावर लगाएर निरीक्षकमा नाम निकालेर पछी उच्च दर्जा सम्म पुगे पछी पनि पार्टी ज्वाईंन गरेर नेता बन्ने ति पुलिस अधिकारीहरु धमिरा हुन ! भू.पु त म पनि हुँ तर समाजमा पुलिस माथी उठ्ने नकारात्मक टिक्काटिप्पणी देख्दा मन कटक्क खान्छ !
बालेन सर्खार नेताहरु नराम्रा हैनन र थिएनन तर भ्रस्ट बनाउन मुख्य भूमिका खेल्ने काला व्यापारी, उधोगपति मात्र हैन निजामती देखि पुलिसहरु पनि पर्छन !
जागिर खान आउँदा चप्पल पड्काएर आउनेहरु पछी एकाउन्टेन्ट देखि माल्वाला फाँटमा गए पछी करोडपति, ठाउँ ठाउँमा जग्गा जमिन गाडी जोडनेहरुको पनि सम्पति छानविन गर्नु पर्छ र त्यसको लागी आफ्नै पार्टीबाट नेता बनेका भू.पु पुलिसहरु पहिलो नम्बरमा पर्नु पर्छ !
यिनीहरुको गलत काम र पत्रपत्रिका देखि सामाजिक संजालमा आएको घटिया टिप्पणी देख्दा हामि पूर्व प्रहरीहरुको नूर गिरेको छ !

Send a message to learn more

13/04/2026

१९ बर्ष ३ महिना ७ दिन नेपाल प्रहरीमा !
सर्खारले दिएको १ लाख ५२ हजार बिदा र औषधि उपचारको पोइसोमा आर्को १ लाख थपेर मलेसियामा सलामत पागी, सलामत मालाम बोस भन्दै १० बर्ष सलाम ठोक्दा २ छोरी पढाउदा, घर बनाई छोरीको झ्याई गर्दा त्यो रकम पनि पिलित्त !
अहिले पनि सलाम सर भन्न छोडेको छैन र ९ पहिना पछी त्यो जागिर पनि पिल्लित हुन्छ !
बैंक ब्यालेन्स त जोईको ओखतिमा पिलित्त भो ! पुर्खाको जग्गा जमिन आफैले बनाएको घर अनि आफैले किनेको १ थान भटभटे र ब्यांका पिल्सिन बचाएर राखेको अलिकति ढेवा छ !
अँ साँच्ची त्यो किलो भन्ने सुन र करोड भन्ने टाँङा कस्तो हुन्छ ? साला सपनामा पनि आउन्न हो #चुरेमाई ?
पत्रकार Ranjit Tamang को भाखामा भन्नु पर्दा 'दुखिला कर्मा' ङाला होई 😛

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Hetauda