Manju Bhusal - RSP

Manju Bhusal - RSP

Share

12/06/2026

नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जनताको अपेक्षा अनुसार समृद्ध र सबल लुम्बिनी प्रदेश निर्माणमा सफलता प्राप्त होस्। 💙🔔

20/05/2026

🙏

18/05/2026

🙏

07/05/2026

सम्पूर्ण रुपन्देहीबासीहरुमा नमस्कार 🙏🏻

बुटवल क्षेत्रमा पछिल्ला समय भइरहेको औद्योगिक क्षेत्रभित्र रहनुहुने नागरिक, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकहरूको आन्दोलनप्रति म र मेरो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

रुपन्देहीका हजारौँ नागरिकहरू वर्षौंदेखि पुर्जाको आशामा बसोबास गर्दै आइरहनुभएको यथार्थ हामी सबैसामु स्पष्ट छ। लामो समयदेखि जमिन भोगचलन गर्दै संरक्षण गरी आउनुभएका नागरिकहरूको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो भन्ने विषयमा हामी प्रतिबद्ध छौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूको समस्या समाधानलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ। त्यसैले सम्पूर्ण आन्दोलनरत नागरिकहरूलाई संयमित, शान्तिपूर्ण तथा जिम्मेवार हुनुहुन हार्दिक अनुरोध गर्दछु।

मोतिपुर औद्योगिक क्षेत्र रानीगंज सम्बन्धी विषय औद्योगिक विकाससँग मात्र नभई त्यहाँ बसोबास गर्दै आएका नागरिकहरूको जीवन, भविष्य र अधिकारसँग जोडिएको संवेदनशील विषय हो। औद्योगिक क्षेत्र घोषणा हुनुअघि नै त्यहाँ बस्ती विस्तार भइसकेको वास्तविकतालाई मध्यनजर गर्दै विकास र नागरिक अधिकारबीच सन्तुलन कायम गरी समाधान खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ।

यस विषयहरुमा सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ।

कानुनी रूपमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी हरुको उचित व्यवस्थापन हुन्छ। सोही अनुरुप कोई व्यक्ति पनि नेपालमा भूमिहीन बन्नु पर्दैन। जनताको सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्दै विकासलाई अगाडि बढाउनु आजको आवश्यकता हो। यहाँहरूको समस्या मेरो आफ्नै समस्या हो भन्ने आत्मबोधका साथ म निरन्तर रूपमा नागरिकहरूको पक्षमा उभिएकि छु ।

मञ्जु भुसाल
प्रतिनिधि सभा सदस्य
लुम्बिनी, रुपन्देही

Photos from Manju Bhusal - RSP's post 04/05/2026

“राष्ट्र विकासमा नेपाली सेना”
काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना

28/04/2026

छलफलको विषय🙏

28/04/2026
Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Rupandehi Area 2
Butwal
32900