Butwal Gorusinge Chandrauta Road Project
05/05/2026
छोटोदूरीका सवारी साधनको लागि हाललाई प्रयोग हुने बैकल्पिक सडकहरुः-
१. बुटवलबाट गोरुसिङ्गे तर्फ जाने सवारी साधनको लागि मुर्गिया चोकबाट करिव ९ कि.मी. दक्षिणतर्फको सडक।
२. गोरुसिङ्गे तर्फबाट बुटवल आउनको लागि घमाहा पुल नजिकैबाट करिव २.५ कि.मी. उत्तरतर्फको सडक ।
22/03/2026
सडक अवरुद्ध सम्बन्धी सूचना !!
मिति २०८२।१२।०७ गते आएको बेमौसमी वर्षाका कारण बुटवल गोरुसिंगे चन्द्रौटा सडक अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. २ मा पर्ने ड्राइनरसिंगा पुल (Ch: 590+187) निर्माणको क्रममा यातायात आवगमनको लागि बनाईएको डाईभरसन (Diversion) सडक भत्किई सो स्थानमा सडक अवरुद्ध भएकाले हाललाई सवारी साधनहरुलाई मैनाबगर चोकदेखि दक्षिणतर्फ हुदै जीतगढी गैरे पेट्रोलपम्म सम्म बैकल्पिक सडक प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाईएको ब्यहोरा सरोकारवाला सवैको जानकारीका लागि सुचित गरिन्छ ।
नोटः- उक्त डाईभरसन (Diversion) को मर्मत कार्य सुचारु रहेकाले २ दिनभित्र सम्पन्न हुने ब्यहोरा समेत अनुरोध छ ।
29/01/2026
निर्माण सामग्री अभावले बुटवल-गोरुसिंगे सडक विस्तार सुस्त निर्माणजन्य सामग्री अभाव भएपछि बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त भएको छ । राष्ट्रिय राजमार्ग विस्ता...
25/12/2025
एक वर्षमा बुटवल–गोरूसिंगे सडक निर्माणको काम कति भयो? ९२ प्रतिशत विश्व बैंक र ८ प्रतिशत नेपाल सरकारको साढे १३ अर्ब बढी लगानीमा तीन वर्ष भित्रमा ५० किलोमिटर सडक निर्माण ...
11/11/2025
आदरणीय सडक प्रयोगकर्ताज्यूहरु,
बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक योजनाअन्तर्गत हाल सडक तथा पुल निर्माण कार्य निरन्तर रूपमा भईरहेको छ।
सडक निर्माण गर्ने क्रममा विभिन्न स्थानहरूमा डाइभर्सनको व्यवस्था गरिएको हुँदा कृपया सडकमा राखिएका सडक सुरक्षाका विभिन्न चिन्हहरू पालना गरी निर्धारित लेनअनुसार सवारी सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ।
तपाईंको सहयोगले निर्माण कार्य सहज र सुरक्षित रूपमा अगाडि बढ्न मद्दत पुर्याउनेछ।
सहयोगका लागि धन्यवाद। 🙏
सडक अवरुद्ध सम्बन्धी सूचना !!
मिति २०८२।०५।२९ गते आएको अविरल वर्षाका कारण बुटवल गोरुसिंगे चन्द्रौटा सडक अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. १२ मा पर्ने राजापुर पुल नजिकैको सडक (embankment) भत्किएको र सो स्थानमा सडक अवरुद्ध भएकाले हाललाई सवारी साधनहरुलाई तामनगर चोकदेखि दक्षिणतर्फ हुदै वनकट्टा चोकसम्म बैकल्पिक सडक प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाईएको ब्यहोरा सरोकारवाला सवैको जानकारीका लागि सुचित गरिन्छ ।
नोटः- उक्त पुलको मर्मत कार्य सुचारु रहेकाले २ दिनभित्र सम्पन्न हुने ब्यहोरा समेत अनुरोध छ ।
26/07/2025
नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशद्धारा ६३ औ इन्जिनियरिङ दिवस २०८२ को अवसरमा यस बुटवल गोरुसिंगे चन्द्रौटा सडक योजनामा कार्यरत योजना प्रमुख कुशलता न्यौपाने Engineer Excellence Award बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।
कर्मचारी परिवार,बुटवल गाेरूसिंगे चन्द्राैटा सडक याेजना, बुटवल।
27/06/2025
https://www.facebook.com/share/1HaGeX8Xi3/?mibextid=wwXIfr
बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक योजनाको सेमिनार कार्यक्रम सम्पन्न १२ असार, रुपन्देही । गोरुसिङ्गे चन्द्रौटा सडक योजना बुटवल रुपन्देहीले सडक सुरक्षा सम्बन्धी १ दिने सेमिनार कार्य....
23/06/2025
आज मिति २०८२ साल अषाढ ०९ गतेका दिन बुटवल गोरुसिंगे चन्द्रौटा सडक योजना बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिका १२ नं. वडा कार्यालयको सहयोग तथा समन्वयमा बुटवल उपमहानगरपालिका वडा नं. १२ का जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुको सहभागितामा १ दिने सडक सुरक्षा सम्बन्धी सेमिनार कार्यक्रम योजना प्रमुख कुशलता न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।उक्त कार्यक्रमका केही तस्वीरहरु ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
32900