Mr. Jung Deep Sagar

Mr. Jung Deep Sagar

Share

Photos from Mr. Jung Deep Sagar's post 12/04/2026

हल्क भाईले च्यालेन्ज गर्यो त ! सानो देखेर हेप्या हो कि क्या हो मलाई …😜

27/02/2026

नयॉं दलका नेताहरुले यसपाली नयॉंलाई हेर्नुस, कति पुराना दललाई मात्र अवसर दिएर बारम्बार सत्तामा पुर्याउनु हुन्छ, ३५/३५ वर्ष यिनले राज गरे भन्दै आफु र आफ्ना दलका उमेद्वारलाई जिताउनको लागि अपिल गर्दै हिडेको देख्छु । हैन के रैछ यो नयॉंको परिभाषा ? नीति, सिद्धान्त, सोच, विचार, भिजन एजेण्डा नयॉं हो की, युवा र नयॉं उमेदवार हुंदा मात्र नयॉं हुने हो वा पुराना दलमा ३/४ पटकसम्म अवसर पाएर टेष्टेड भई नयॉं दलमा आएपछि नयॉं हुने हो ? नयॉं नाम गरेको पार्टीका उमेद्वार स्वयम २/३ चोटी दोहोरीदा नि जहिले नयॉं नै हुने अनि लामो संघर्ष, ईतिहॉस र अनुभव बोकेका पुराना दलहरुले युवा र नयॉं अनुहारका उमेद्वारहरु लाई मौका दिदा पनि संधै पुरानै हुने हो ? पुराना दलका ति युवा र नयॉ उमेदवारहरु जस्ले पहिलो पटक जनताका प्रतिनीधी बन्ने अवसर प्राप्त गरेका छन् तिनका विगत ३५ वर्षे राज्य सञ्चालनमा सम्बन्ध र भुमिका के ? कि ३५ वर्ष पुरानाले देश लुटे अव हामी नयॉले पनि लुटन पाउनु पर्छ भन्ने हो ? अरुलाई गाली गलौज गर्दैमा, आफु मात्र नयॉं, सवल, सक्षम, र राम्रो भएको को रटान लगाउॅदैमा जनताले विशवास गर्छन भन्ने सोच बदलौं । आफ्नो सवल पक्ष, सुशासन, एजेण्डा, भिजन र योजना लिएर जनता सामु जाउ होईन भने बाहिर नयॉं प्याकिङ्ग भित्र पुरानै सामान यस्तो जनता झुक्याउने स्किम बन्द गरौं । जिम्मेवार बनौं दलिय व्यवस्थामा विचार र सिद्धान्तको राजनीति गरौं नकि पुरानो vs नयॉंको ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Butwal