AR Creation
शीर्षक: “आँधीको बिहान, मनको कामना”
मौसम बदलिँदैछ यहाँ,
वातावरणमा अनौठो हलचल छ,
आज आकाश गर्जिरहेको छ
जस्तो लाग्छ, कुनै भयंकर कथा लेखिँदैछ।
कालो बादल मडारिँदै दौडिरहेका छन्,
वेगवान हावाले रुखका हाँगाहरू
एकआपसमा पाखुरा बजारिरहेझैं
प्रकृतिको आफ्नै संघर्ष झल्किरहेको छ।
गुँड छाडी चारोको खोजीमा उडेकी मैना चरी,
अब आफ्नै बासस्थानतर्फ फर्किँदैछ
बेगले पखेटा फिजाउँदै
सुरक्षाको खोजीमा, आफ्ना बचेराका लागि।
बादलहरू एकआपसमा ठोक्किँदा,
बिस्तारै फुट्दैछन् पानीका फोका,
बिहानीपख क्याम्पस परिसरमा
आँधीबेहरीले आफ्नै संगीत बजाइरहेछ।
डिग्रीका विद्यार्थीहरू
कक्षा बाहिर निस्केर,
परिवर्तित मौसमलाई नजिकबाट नियाल्दै
क्षणलाई कैद गर्न व्यस्त छन्।
लाग्छ आज
भगवान् श्री इन्द्र रिसाएका छन्,
रिसको आवेगमा
सारा आकाशलाई अँध्यारो बनाउँदै,
औँसीको रातझैं बिहानै ढाकिदिएका छन्।
पानी
जस्तो लाग्छ, सारा ब्रह्माण्डको भण्डार
यतै खन्याउन खोजिएको छ,
हेर्दाहेर्दै, जलमग्न हुँदैछ वरिपरि सबथोक।
तर,
मौसमसँगै अर्को चिन्ता पनि बढ्दैछ
हिजो जस्तै गर्मी होला भनी
आज न चिटर लगाएँ,
न त छाता नै बोकेँ साथमा।
प्रकृतिले च्यालेन्ज गरेपछि,
चिया नपिउने म पनि
तातो चियाको चुस्की खोज्दैछु आज
शीतलतामा सान्त्वना पाउन।
काश,
यो आँधी फेरि शान्त भइदियोस्,
सबैजना सुरक्षित
आ-आफ्नो घर पुगून्
त्यही नै आजको सबैभन्दा ठूलो कामना।
— आकृति रानी ✍️
26/04/2026
विराटनगर जेसीजद्वारा उत्प्रेरणामूलक कार्यक्रम तथा क्यालेन्डर विमोचन सम्पन्न
विराटनगर । विराटनगर जेसीजको आयोजनामा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा संस्थाले आफ्नो वार्षिक क्यालेन्डरसमेत औपचारिक रूपमा विमोचन गरेको छ ।
कार्यक्रममा लायन्स डिस्ट्रीक्ट ३२५ सी का पूर्व डिस्ट्रीक्ट गभर्नर, मोरङ सहकारी अस्पताल तथा एस्पायर कलेजका सञ्चालक विकास अधिकारी, ओबि मिडिया प्रा.लि.का सञ्चालक विवेक दाहाल र नेपाल जेसीजका उपाध्यक्ष अनिष भट्टराईले सहभागीहरूलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।
कार्यक्रमकै विशेष आकर्षणका रूपमा विराटनगर जेसीजको वार्षिक क्यालेन्डर अतिथिहरूद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । उक्त क्यालेन्डरमा संस्थाका वर्षभरि सञ्चालन हुने योजना, सामाजिक अभियान तथा महत्वपूर्ण गतिविधिहरू समेटिएको जनाइएको छ । क्यालेन्डरले संगठनका गतिविधिहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
बक्ताहरूले व्यक्तिगत विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सकारात्मक सोचको महत्वबारे आफ्ना अनुभव अभिव्यक्त गर्नुभएको थियो ।
कार्यक्रमले युवाहरूमा आत्मविश्वास वृद्धि गर्दै लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गरेको विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक प्रकाश सुबेदीले बताउनुभयो ।
25/04/2026
सम्झनाका पानामा आदरणिय ब्यक्तित्व, बरिष्ठ संगीतकार बसन्त सापकोटा ज्युसंगको अविष्मरणीय भेट विराटनगरमा!
Basant Sapkota
Click here to claim your Sponsored Listing.