Prem Dhakal
27/02/2025
काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् । हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो
13/11/2024
: रौतहटको चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको लच्कामा मंगलबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ !!
07/08/2024
भक्तपुरको देगमनामा आज दिउँसो भएको आगलागी विजुली सर्ट भएको भएको खुलेको छ ।
स्थानीय रामसुन्दर कर्माचार्यको घरमा बिहान करिब ११ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट घरमा भएको सबै नगद तथा जिन्सी सामान जलेर हुँदा करिब २३ लाख ७५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
गछियामा उर्लिएको बाढी...
केही दिनयताको निरन्तर वर्षापछि मोरङको सुन्दरहरैँचास्थित गछिया खोलामा आएको बाढीले आसपास क्षेत्र कटान गरिरहेको छ । कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।
Click here to claim your Sponsored Listing.