Vat/Tax Solutions In Nepal
04/09/2016
कर कार्यालयको सूचना !!!
मु.अ.क. सहितको Price Tag उल्लेख गर्नुपर्ने बारेको सूचना !!
एप्स डाउनलोड गर्नलाई लिंक यता छ है http://bit.ly/1UXj7pc
VAT मा दर्ता र दर्ता खारेज
के व्यावसायिक कारोवार गर्ने सबैले VAT मा दर्ता गर्नु पर्दछ ? क कसले पर्दछ ?
सबैले पर्दैन । थ्रेसहोल्ड भन्दा बढीको कर ( VAT ) लाग्ने वस्तु तथा सेवाको कारोवार गर्ने तथा तोकिएको स्थानमा तोकिएका वस्तुको कारोवार गर्नेले दर्ता गर्नु पर्दछ .
Threasehold भनेको के हो ?
निश्चित रकम सम्मको वार्षिक कारोवार गर्ने साना व्यवसायीले दर्ता गर्नु नपर्ने गरी कानूनले तोके बमोजिमको कारोबार अंक ।
अनिवार्य दर्ता भनेको के हो ?
कुनै करयोग्य कारोवारमा संलग्न हुन चाहने व्यक्तिले कारोवार शुरु हुनुभन्दा अगावै वा विगत १२ महिनामा तोकिए बमोजिमको थ्रेसहोल्ड भन्दा बढी कारोवार भ एको वा आगामी ३ महिनामा ने अनुमानित कारोवारको आधारमा थ्रेसहोल्ड भन्दा बढी कारोवार हुने भएमा त्यस्तो व्यक्ति अनिवार्य रुपमा दर्ता हुनु पर्दछ ।
कुनै व्यक्तिको टेलिफोन महसुल र घर वहाल गरी वार्षिक एक लाख
रुपैंयाभन्दा बढी खर्च भएमा त्यस्तो व्यक्ति अनिवार्य रुपमा दर्ता हुनु पर्दछ ।
कुन कुन स्थानको कारोवार गर्नेले अनिवार्य रुपमा VAT दर्ता गर्नु पर्दछ ?
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र तोकिएका वस्तुको कारोवार
के सामाजिक संघ संस्था, NGO / INGO ले पनि VAT मा दर्ता गर्नु पर्दछ ?
थ्रेसहोल्ड भन्दा बढीको कर ( VAT) लाग्ने वस्तु तथा सेवाको कारोवार गर्ने, तोकिएको स्थानमा तोकिएका वस्तुको कारोवार गर्ने सामाजिक संघ संस्था, NGO / INGO ले पनि ले दर्ता गर्नु पर्दछ।
म अर्को सहरमा कारोवारको शाखा स्थापना गर्न चाहन्छु ? के मैले छुटटै VAT दर्ता गर्नु पर्दछ ?
पर्दैन ।
म अर्को सहरमा कारोवारको शाखा स्थापना गर्न चाहन्छु ? मैले के गर्नु पर्दछ ?
तपाईंले कारोबार दर्ता गरेको निकायबाट शाखा थपको कागजातका आधारमा निवेदन दिई
पहिलेकै दर्ता नं. प्रयोग गर्न सक्नुहुन्छ ।
म अहिले कै फर्मबाट थप कारोवार गर्न चाहन्छु ? के मैले अर्को VAT दर्ता नं. लिनु पर्दछ ?
पर्दैन । तपाईंले कारोबार दर्ता गरेको निकायबाट कारोबार थपेको कागजातका आधारमा निवेदन दिई पहिलेकै दर्ता नं. प्रयोग गर्न सक्नुहुन्छ ।
म एक हप्ताका लागि मेला आयोजना गर्न चाहन्छु ? के मैले VAT दर्ता हुनुपर्छ ?
अनिवार्य दर्ताका लागि योग्य हुनुहुन्छ भने दर्ता गर्नुपर्छ ।
VAT दर्ताको लागि आवेदन कहिले दिनुपर्छ ?
कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार शुरु हुनु भन्दा अघि कारोबार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । कुनै व्यिक्तको वार्षिक कारोबार Threasehold नाघ्न सक्ने अनुमान गर्न सक्ने अवस्था भएमा सो खुलाई दर्ता गर्नको लागि दरखास्त दिनु पर्नेछ ।अनुमान गर्न सकिने अवस्था नभैे कारोबारको रकम Threasehold नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र दरखास्त दिनु पर्नेछ ।
VAT दर्ता नगरेमा के हुन्छ ? कति जरिवाना लाग्छ ?
जरिवाना लाग्छ । प्रत्येक कर अवधिको निमित्त दश हजार रुपैयाँ ।
सरकारी कार्यालयसँग कारोबार गर्न VAT दर्ता गर्नु पर्दछ ?
सरकारी कार्यालयले रु. ५ हजारभन्दा बढीको खरिद गर्दा वा वार्षिक बीस लाख रुपैयांभन्दा बढीको ठेक्कापटृा दिंदा वा वार्षिक एक लाख रुपैयाभन्दा बढीको परामर्श सेवा लिंदा दर्ता भएको व्यक्ति संग मात्र दिनु लिनु पर्ने व्यवस्था रहेको हुँदा सो अनुसार कार ोवार गर्न दर्ता गर्नुपर्दछ ।
कति रकम भन्दा बढीको आयात पैठारी गर्न VAT दर्ता गर्नु पर्दछ ?
रु.१०,००० भन्दा बढीको ।
स्वेच्छिक दर्ता भनेको के हो ?
थ्रेसहोल्ड भन्दा कमको कर (VAT ) लाग्ने वस्तु तथा सेवाको कारोवार गर्ने व्यक्तिले पनि स्वेच्छाले दर्ता गर्ने प्रक्रिया ।
स्वेच्छिक दर्ता गर्दा के फाइदा हुन्छ ?
सरकारी कार्यालयसँग कारोबार गर्न पाईन्छ।
दर्तावाल करदाताले कर बीजक खोज्ने हुँदा दर्तावालसँग कारोवार विस्तार हुन्छ।
आफूले खरिद गर्दा तिरेको कर VATकट्टी दाबी गर्न मिल्छ।
आफूले संकलन गरेको कर र VAT विवरण चार महिनामा एकपटक विवरण बुझाए पुग्छ।
कुन कुन अवस्थामा VAT को दर्ता खारेज गर्न पाइन्छ ?
दर्ता खारेजी गर्न सक्ने अवस्थाहरू देहाय वमोजिम छन
संगठित संस्था भए त्यस्तो संगठित संस्था वन्द, विक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो संगठित संस्थाको अस्तित्व कायम नरहेमा ।
व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,
साझेदारी संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा
दर्ता भएको व्यक्तिको कानूनी हैसियत परिवर्तन भएमा
दर्ता भएका व्यत्तिले कर लाग्ने कारोबार गर्न छाडेमा, कर नलाग्ने हद Threasehold भन्दा बढीको कारोबार गरिरहेकोमा सो हदसम्म वा सोभन्दा कमको कारोबार गर्न थालेमा
दर्ता खारेज गर्न के के कागज चाहिन्छ ?
दर्ता खारेजीको निवेदन र व्यापार बन्द अवस्थामा भर्नु पर्ने कर विवरण ( अनुसूची –११ ) ।
निवेदन दिइ सकेपछि कर परिक्षणका लागि आवश्यक कागजातहरू ।
दर्ता खारेजको प्रव्रिmया के हो ?
दर्ता खारेजीको निवेदन र व्यापार बन्द अवस्थामा भर्नु पर्ने कर विवरण ( अनुसूची –११ ) भरेर
कार्यालयमा बुझाएपछि १५ दिन भित्र करदाताले लेखा परीक्षणको लागि आप्mनो कागजातहरू पेश
गर्नुपर्नेछ । कार्यालयबाट कर परिक्षण गरी परिक्षण बाट कुनै थप दायित्व सिर्जना भए सो र
पुरानो कुनै कर बक्यौता भए सो समेत असूल गरी दर्ता खारेज गरी दिनेछ।
कार्यालयले तीन महिना भित्र दर्ता खारेजी गरी वा दर्ता खारेजी नहुने भए सो को जानकारी करदातालाई दिनु पर्नेछ
।
म स्वेच्छाले VAT दर्ता भएको हुँ र सानो व्यवसाय भएकोमा के म स्वेच्छाले नै दर्ता खारेज गर्न पाउँछु ?
स्वेच्छाले आफ्नो कारोबार दर्ता गराएको सानो कारोबार गर्ने व्यवसायीले कारोबार दर्ता गराएको मितिले एकवर्ष पुरा नभएसम्म स्वेच्छाले आफ्नो कारोबार दर्ता खारेजी गर्न पाउँदैन ।
एक डेढ वर्ष देखि कारोबार नभएकोले मैले शून्य विवरण बुझाउदैं आएको छु, के मैले दर्ता खारेज गर्न पाउँछु ?
पाउनुहुन्छ । लगातार एक वर्षे शून्य विवरण बुझाउदैं आएका करदाताले दर्ता खारेज गर्नका लागि आवेदन दिन पाईन्छ ।
कानूनी एवं प्रशासनिक कार्यमा हामीले आवश्यक राय परामर्श एवं सहयोग प्रदान गर्दै आएकोले यहांहरुलाई पनि उक्त कार्य गर्न गराउन हाम्रो सेवा आवश्यक भएमा हामीलाई सम्झन हुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।
03/06/2016
Income Tax Rate for FY 2073/74 (Individual) VS Married
लेखा परिक्षण गराउनु नपर्ने सम्बन्धमा |
यस बर्षको बजेटले बार्षिक रु. एक करोड सम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखापरीक्षण गर्न नपर्ने व्यवस्था गरिएको छ । त्यस्ता करदाताले त्यस्तो आय विवरण आफै प्रमाणित गर्नु पर्नेछ ।
नझुक्किनुस है: यो व्यवस्था प्रोप्राइटरशिप बिजनेश लाइ मात्र लागु हुन्छ | कम्पनि, शाझेदारी को एक करोड भन्दा कम व्यापार भएमा पनि अनिबार्य रुपमा लेखा परिक्षण गराउनै पर्दछ |
भूकम्पले समस्यामा परेका व्यवसायीलाई र नयाँ लगानी गर्ने लगानीकर्तालाई दर्जनौ सहुलियत
मुल्य अभिवृद्धि कर लागू भएयता हालसम्म पुनरावलोकन नभएको भ्याट नगाल्ने कारोबारको सीमा २० लाख बाट ५० लाख रुपैयाँ कायम गरिएको छ । सरकारको यो निर्णयले सानो कारोबार गर्ने व्यवसायीहरुलाई ठूलो राहत भएको छ ।
त्यसैगरी वाषिर्क ४० लाख रुपैयाँभन्दा बढी आय गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७२/०७३ देखि अनिवार्य आय विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पर्यटनमा सहुलियत
उद्योग र पयटर्यटनसाँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित नाफाबाट उद्योगको क्षमता विस्तारका लागि नाफाको पुँजीकरण गरेमा लाभांस कर नलाग्ने व्यवस्था मिलाएको मन्त्री महतले जनाएका छन् ।
भूकम्प पीडित व्यवसायीलाई कर छुट
जिल्ला दैवी प्रकोप उद्धार सतमतिले भूकम्पले पूर्ण क्षति भएको भनि प्रमाणित गरेका उद्योगलाई कर विवरण बुझाउने साना करदाताका लागि चालू आर्थिक वयर्षको इजाजतशुल्क र घरबहाल कर मिनाहा गर्ने घोषणा गरेको छ ।
सय जनालाई जागिर दिए ३० प्रतिशत आयकर छुट
त्यसैगरी, बजेटमा एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने उद्योग आयकरमा थप ३० प्रतिशि छुट दिने व्यवस्था मिलाइएको छ । यो घोषणाले लागानी आकर्षण गर्ने अर्थशास्त्री आचार्य बताउँछन् ।
यसैगरी निर्यात गृह तथा विषेश आर्थिक क्षेत्रमा निर्यात गरेमा गरिदमा तिरेको मुल्य अभिवृद्धि कर फिर्ता दिने घोषण गरिएको छ ।
सवारी आयात गर्दा ५ प्रतिशतमात्रै भन्सार
सार्वजानिक यातायात सञ्चालन गर्नेगरी दर्ता भएका सहकारी तथा कम्पनीले ४० र सोभन्दा बढी सीट क्षमता भएका सवारी साधन आयात गने आयातमा पााँच प्रतिशत मात्र भन्सार महसलु लिने र अन्तशुल्क र सडक मर्मत दस्तूर छुट दिने घोषणा गरिएको छ ।
उद्योग स्थापना गर्दा ५० प्रतिशत छुट
सूर्तीजन्य उद्योगबाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना गर्न जग्गा किन्दा लाग्ने दस्तूरमा ५० प्रतिशत छुट दिइएको छ ।
माछा ढुवानीमा ५० प्रतिशत छुट
एक हेक्टरभन्दा बढी जग्गामा पोखरी निर्माण गरी माछा पालन गर्ने किसानले माछा र माछाका भुरु ढुवानी गर्न ढुवानी गर्ने अक्सिजन प्लान्टजडित ढुवानी साधनको आयातमा ५० प्रतिशत भन्सार महशुल छुट दिने घोषणा गरिएको छ ।
कृषि बीमा शुल्कमा भ्याट नलाग्ने
बाली तथा पशुबीमा पि्रमियममा मूल्य भ्याट नगलाउने घोषणा गरिएको छ । व्यत्तिको मृत्यूपश्चात मृतकको परिवारले पाउने क्षतिपूर्ति र जीबन बीमा कम्पनीको भुक्रानीमा करकट्टी नगर्ने घोषणा भएको छ ।
पेन्सनमा कर नलाग्ने
राज्यकोषबाट प्रदान गरिने पेन्सन र सामाजिक सुरक्षा भत्तामा कर नगाल्ने घोषणा गरिएको छ ।
करको विवादा मिलाउन छुट्टै संयन्त्र
कर सम्बन्धी वववाद शीघ्र समाधान गरी कर बक्यौता व्यवस्थापन गर्न स्थायी प्रकृतिको विवाद निरुपण संयन्त्र गठन सम्बन्धमा अध्ययन गर्ने घोषणा गरिएको छ ।
राजस्व चुहावट नियन्त्रण
एकीकृत विद्युतीय कर प्रणालीको माध्यमबाट प्रक्रियागत सरलीकरण र सहभातगिा एवंं कर सङ्कलन लागत घटाइनेछ । साथै राजश्व जोखिमको क्षेत्रगत सूचकको आधार तयार आर्थिक अपराध र राजस्व चुहावटलाई नियन्त्रण गरिनेछ ।
रक्सी र चुरोटको मूल्य बढ्ने
चुरुोट, बियर र मदिरा लगायका अन्तशुल्क लाग्ने केही वस्तुमा लाग्दै आएको अन्तशुल्क दरमा सामान्य वृद्धि गरेको मन्त्री महतले बताएका छन् । ‘आगामी वर्षदेखि चुरोट उत्पादनमा स्वयं निष्काशन प्रणालीा लागू गरिनेछ’ बजेट भाषणमा भनिएको छ ।
भञ्सार कानून सुधारको प्रस्ताव
व्यापार सहजिकरण, मामत्तजस्यिकरण तथा समन्वय सहितको भन्सार संयन्त्र प्ररणालीलाई प्रभावकारी बनाउन भन्सार कानुनमा सामयिक सुधारको प्रस्ताव गरिएको छ ।
त्यस्तै, भन्सार जााँचपास प्रयोजनका लातग मालवस्तुधको घोषणा, मूल्याङ्कन, लगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्ने घोषणा गरिएको छ ।
विपद व्यवस्थापनको अवस्थामा भन्सार जााँचपास प्रक्रिया सरलीकरर्का लागि छुट्टै कार्यविधि बनाइए कार्यान्वयनमा ल्याउने घोषणा गरिएको छ ।
राजस्व चुहावट कानून परिमार्जन
त्यसैगरी बजेटमा राजस्व चहुावट सम्बन्धी काननुमा आवश्यक परिमार्जन गर्ने घोषणा गरिएको छ । त्यस्तै, सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन र क्षेत्रीय तथा अन्त्राष्ट्रिय सीस्तरमा गरिएका प्रतिवद्धता क्रमशः कार्यान्वयन गर्दै जाने मन्त्री महतले घोषणा गरेका छन् ।
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
45210